‘भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी काम भईरहेको छ’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 03:42:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी काम सुरु भएको बताएका छन् । सिईओ जोशीले सन् २०१५ को भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन भिजिट नेपालले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।  
भ्रमण वर्ष सफल बनाउन मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागेको जोशीले बताए । भुकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि पर्यटक भित्र्याउन सफल भएको दाबी गरे ।
भैरहवा बिमानस्थलको काम भइरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने जोशीको विश्वास छ । त्रिभुवन विमानस्थलको धावनमार्गको काम पनि भईरहेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने स्पष्ट पारे ।
जोशीले पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि दश हजार युवाहरुलाई तालिम तथा प्रशिक्षण दिने तयारी पनि बोर्डले गरिरहेको जानकारी दिए । त्यस्तै, अहिलेसम्म यसको लागि चार सय ५० ले तालिम लिईसकेको उनले जनाए ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु सम्मिलित मुल आयोजक समिति पनि गठन भैसकेको छ । भ्रमण वर्षको नारा ‘भिजिट नेपाल फर लाईफटाईम अचिभमेन्ट’ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved