१६ प्रतिशतले बढे नेपाल आउने पर्यटक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 12:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष अहिलेसम्मकै बढी पर्यटकले नेपालको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबरसम्म ८ लाख ८२ हजार ५३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष यो अवधिमा ७ लाख ५७ हजार ४४८ पर्यटकले भ्रमण गरेका थिए । गत वर्षको तुलनामा पर्यटकको आगमन संख्या १ लाख २५ हजार ८३ अथात् १६ दशमलव ५ प्रतिशतले बढी हो । अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै पर्यटक आएका छन् । अक्टुबरमा मात्रै १ लाख ९ हजार ७३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सरकारकाले सन् २०१७ मा नै बार्षिक १० लाख पर्यटक भित्र्याउने जनाएको थियो । तर सो वर्ष ९ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
कुन देशबाट कति
नेपाल धार्मीक तथा प्राकृतिक पर्यटनको केन्द्र हो । यसवर्ष सबैभन्दा धेरै पर्यटक छिमेकी देश भारत र चीनबाट आएका छन् । सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार ९६३ जना पर्यटक नेपाल भित्रिएका छन् । कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या धेरै रहेको छ ।
भारतीय पर्यटक बढ्नुको कारण भारतको बजार महङ्गो भएर पनि हो । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मार्फत् होटलहरुलाई विलासी सुविधाको रुपमा कर लगाएपछि त्यहाँका होटलहरुको सेवा महँगो भएको छ । भारतमा होटलको सेवा शुल्क उच्च भएपछि सभा, सेमिनार लगायतका कार्यक्रम गर्न भारतीयहरु नेपाल आउने गरेका छन् । त्यसैले पनि नेपालमा भारतबाट आउने पर्यटकको संख्या उच्च भएको अनुमान छ ।
त्यस्तै उत्तरी छिमेकी मुलुक चीनबाट १ लाख २१ हजार ४१८ पर्यटक नेपाल आएका छन् । भारत र चीनबाट आउने पर्यटकको संख्या लगभग बराबर जस्तै छ । भारतबाट ४० हजार ५४५ जना पर्यटक बढी आएका छन् । नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउन विभिन्न पहल भईरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाई छ ।
यस वर्षको अक्टुबरसम्म अमेरिकाबाट ७३ हजार ६७७ र बेलायतबाट ५० हजार १६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, दक्षिण एसियाली देशहरुमध्ये श्रीलंकाबाट ४६ हजार २८० र बंगलादेशबाट २१ हजार ११० जना पर्यटकले नेपालको भ्रमण गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मातहतका निकाय पनि पर्यटकको संख्या बढेपछि उत्साहित भएको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा सहित तयारीलाई तीव्रता दिएको सरकारले पर्यटकको संख्या बढ्नुलाई भ्रमण वर्ष सफलताको संकेत भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved