‘पर्यटन दूत बनाईदिने भन्दै घुस माग्छन् सचिव’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 21, 2018 | 11:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले विभिन्न देशको लागी नयाँ पर्यटन दुत नियुक्त गर्ने भएको छ । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने तयारीमा रहेको सरकारले विभिन्न देशमा नेपालको पर्यटकीय प्रचारका लागी पर्यटन दुत नियुक्त गर्न लागेको हो ।
यसअघि पनि विभिन्न देशमा नेपालका लागी पर्यटन दूत नियुक्त गरिएको थियो । तर सोचेअनुसार काम नभएको भन्दै बोर्डले तीन महिनाअघि यसअघि नियुक्त भएका दूतलाई हटाएको थियो ।
बोर्डले पर्यटन दूत बन्नका लागी विभिन्न मापदण्ड पनि तोक्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्ड सम्मिलित समितिले मापदण्ड तय गर्नेछ । त्यसपछि मात्रै नियुक्त गरिने बोर्डले जनाएको छ । नयाँ मापदण्ड तय भएपछि जिम्मेवारी सहित नियुक्त गरिने बताईएको छ । पर्यटन बोर्डले यसअघि राजनितिक नेतृत्वको दबावमा दूत नियुक्त गर्दै आएको थियो ।
सुरुमा पर्यटन दूतका रुपमा विदेशी राख्ने चलन थियो । पछि नेपाली मुलको तर उक्त देशको नागरिकता लिएकालाई पर्यटन दूतको रुपमा राख्न थालिएको हो । विजपाटीसँगको कुराकानीमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले आफ्नै स्रोतसाधन खर्च गर्नसक्ने र बसोबास गर्दै आएको देशमा ‘पोर्टफोलियो’ बनाएका व्यक्तिलाई दूत बनाउने मापदण्ड निर्माण हुने बताए ।
दुतले गर्नुपर्ने काम
नियुक्त भएका पर्यटन दूतले कुनै प्रकारको सरकारी सुविधा पाउँदैनन् । उनीहरु आफ्नै स्रोत साधन खर्च गर्न सक्ने क्षमताको हुनुपर्नेछ । पर्यटन दूत बन्नका लागि सम्बन्धित मुलुकको राजदूतावासको सिफारिस अनिवार्य छ । दूतमा नियुक्त भएपछि उनीहरुले एउटा सचिवालय बनाउनुपर्नेछ । पर्यटन बोर्डले केही प्रचार सामग्री उपलब्ध गराउनेछ । ती सामग्रीलाई सम्बन्धित देशका हवाई कम्पनी, कलेज तथा वैदेशिक नियोगहरुमा पुर्याउनुपर्नेछ । त्यसपछि नेपाल जानुपर्छ भन्ने सन्देश फैलाउने र भिषा पक्रियामा समेत दुतले सहयोग गर्नुपर्नेछ ।
बोर्डले क्यानडा, कतार, आयरल्यान्ड, बेलायत, थाइल्यान्ड, न्युजिल्यान्ड, कोरिया लगायत मुलुकमा एक–एक जना पर्यटन दूत राख्दै आएको छ ।
चीन, डेनमार्क, बेल्जियम, फ्रान्स, नेदरल्यान्डमा दुई–दुई जना तथा जर्मनी, जापान, रसिया र स्वीडेनमा तीन–तीन जना पर्यटन दूत नियुक्त हुँदै आएका छन् । स्पेनमा ४ जना पर्यटन दूत रहँदा र अष्ट्रेलियामा पाँच नियुक्त हुन्छन् । सबैभन्दा बढी पर्यटन दूत अमेरिकामा छन् । अमेरिकामा ८ जना दूत रहने प्रावधान छ । बोर्डले यसवर्ष भने यसअघि  दूत नभएका मुलुकमा पनि नियुक्तको प्रयास गर्ने जनाएको छ ।

घुस माग्छन् सचिव
यसअघि पर्यटन दूत बन्नका लागी आवेदन माग हुँदा सरकारका सचिवले नै दूत बन्ने चाहाना व्यक्त गरेकाहरुसँग मोबाइल र ल्यापटप माग गरेको सूचना हामीलाई प्राप्त भएको छ । यसवर्ष पर्यटन दूत नियुक्तीको अन्तिम तयारीमा रहेको सरकार र पर्यटन बोर्डले निष्पक्ष र राजनितिक आडभन्दा टाढा रहेको व्यक्ति पाउन निकै चूनौती हुने सरोकारवालाहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved