पर्यटन बोर्डको काम गराईप्रति मन्त्री अधिकारी आक्रोशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 05:19:33 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले पर्यटन बोर्डले प्रधावकारी काम नगरेको बताएका छन् । मन्त्रालयमा आयोजित समीक्षा चौमासिक समिक्षा बैठकमा मन्त्री अधिकारीले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिईरहेका बेला बोर्डले प्रभावकारी प्रचार गर्न नसकेको भन्दै बोर्डको काम गराईप्रति आक्रोश पोखेका छन् । उनले भ्रमण वर्षको प्रचार प्रसारलाई तीव्रता दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीलाई निर्देशन समेत दिएका छन् । मन्त्री अधिकारीले बजेट छिटो ल्याउँदा पनि खर्च गर्ने र काम गर्ने प्रवृत्ति पुरानै शैलीको भएको भन्दै कर्मचारीहरुप्रति समेत आक्रोश पोखे ।
राष्ट्रिय गौरवका आयोजनाहरुको काम सन्तोषजनक भएको पाइए पनि तालिकाअनुसार नभएको मन्त्री अधिकारीको भनाइ छ । प्रभावकारी योजना नभएकै कारण पहिलो चौमासिकमा पुजिँगत खर्च नबढेको बताए । हाल ९ प्रतिशत मात्र पुजिँगत खर्च भएको छ ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पनि भ्रमण वर्ष २०२० नजिक आईकेको अवस्थामा बोर्डको काम गराई शन्तोषजनक नभएको बताए । उनले पनि बोर्डको कार्ययोजना अनुसार आक्रामक प्रचार प्रसार गर्न सिइओ जोशीलाई निर्देशन दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved