‘बासी संरचना हेर्न पर्यटक आउँदैनन, केही न केही सहुलियत दिनैपर्छ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 27, 2018 | 02:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० लाई नेपाल भ्रमणका वर्षका रुपमा मनाउँदै छ । सन् १९९८, २०११ हुँदै अब २०२० को तयारी सरकार छ । यस अवधिमा  पर्यटनका हिसाबले नेपालमा धेरै परिवर्तन भएका छन् । १० वर्षे जनयुद्ददेखी फेक रेस्क्युसम्मका घटना यसअवधिमा छन् । युद्धताका नेपालमा पर्यटक कम आउथे अहिले फेक रेस्क्युको समस्याले पर्यटक आउने सम्भावना निकै कम छ । युरोपका सञ्चारमाध्यममा नेपालमा पर्यटकलाई बीष खुवाइन्छ भन्ने हल्ला छ । सरकारले यो समस्यालाई चिर्न सकेन ।
लामो समय पर्यटन क्षेत्रमा विताएका पर्यटन विद् प्रचण्डमान श्रेष्ठ सरकारको भिजिट नेपाल २०२० को उदेश्य क्लियर नभएको बताउँछन् । ‘भ्रमण वर्ष मनाउनुको उदेश्य २० लाख पर्यटक ल्याउनु मात्रै हो त ?’ उनले प्रश्न गरे ‘२० लाखको ठाउँमा २५ लाख ल्याउँदा के हुन्छ ?’
सन् २०११ मा ‘पर्यटनका लागी सँगसँगै’ भन्ने नारासहित पर्यटन वर्ष मनाउँदा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य थियो । त्यतिबेला तय भएको उदेश्य २०१८ मा आएर पूरा भएको छ । सरकारले केही दिन अघि ११ महिनामा १० लाख बढी पर्यटक आए भनेर केक काटेर खुशीयाली मनायो । बोर्डका एकजना सञ्चालकले १० लाख पर्यटक आएकोमा केक काटेर खुशीयाली मनाउनुपर्ने बेला भईनसकेको तर केक भने आफूले पनि आएको बताएका छन् । उनले भने, ‘म यत्ति मात्रै भन्छु, हिजो हामी कपडा लगाउँदैन थियौँ खाज लगाउन सिक्दैछौँ, अझै लगाउन जानेका छैनौ ।’ उनको कुराको आशय के हो त्यो उनी नै जानुन् ।
नेपाल सरकारका पूर्व सहसचिव समेत रहेका प्रचण्डमान श्रेष्ठ २०११ को पर्यटन वर्षका योजनाकार थिए । उनको उदेश्य द्धन्द्धले आक्रान्त भएर भर्खरै शान्ति प्रक्रियामा आएको नेपाललाई पर्यटन मैत्री मूलुकका रुपमा अन्तराष्ट्रिय समुदायमा चिनाउनु थियो ।
तर अहिले मनाउन लागिएको नेपाल भ्रमण वर्ष के उदेश्यका लागी भन्ने स्पष्ट नभएको उनको भनाई छ । ‘२०२० मा नेपाल आउने पर्यटकलाई के सहुलियत छ त ? उनीहरुलाई प्लेन भाडा फ्रि हो कि, नेपाल आएपछि बस्ने होटलमा केही सहुलियत छ कि !’ प्रचण्डमान भन्छन्, ‘प्लेन भाडामा ५० प्रतिशत छुट दिएर यता आएपछि होटलबाट उठाए भैहाल्यो नि, केही न केही त नयाँ स्किम हुनुपर्यो ।’ बासी संरचना हेर्न पर्यटक आउँदैन । केही नयाँ पर्यटकीय संरचना बनाएको छैन । भूकम्पले भत्किएका सम्पदा बन्ने छाँटकाट छैन ।
पर्यटन बोर्डमा आन्तरिक विवाद उत्कर्षमा रहेकाले नेपालमा सोचेजस्तो पर्यटकीय प्रचार हुन नसकेको उनको भनाई छ । प्रचण्डमान श्रेष्ठ पर्यटन बोर्डको सिईओ भएका बेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए । कार्यकाल सकिन केही दिन बाँकी रहेका बेला उनी बिदामा थिए । सहमतिमा बढीमा एक महिना समय लिएर नयाँ सिईओ नियुक्ति गरेपछि छोड्छु भन्ने मानसिकता बनाएका उनलाई भट्टराईले बोलाए र भोलिपल्टै बैठक राख्न भने । त्यसपछि उनले बोर्ड छोडे । प्रचण्डमानले बोर्डको सिइओ छोडेको ४ वर्षसम्म बोर्डले सिइओ पाएन् । राजनीतिक दबाबको चेपुवामा बोर्ड पर्यो । बल्लतल्ल बोर्डले नयाँ सिइओको रुपमा दिपकराज जोशीलाई पायो ।
प्रचण्डमानको नजरमा दिपकराज
पर्यटन विभागका तत्कालिन महानिर्देशक प्रचण्डमान श्रेष्ठ, आफू हाकिम भएको विभाग खारेज गरी बोर्डको परिकल्ना गर्ने ब्यक्ति पनि हुन् । उनले बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीलाई भिजिट नेपालका विषयमा नागरिकलाई स्पष्ट पार्न आग्रह गरे । तर दिपकराज जोशीले नचाहेर हो वा थाहा नपाएर हो प्रचण्डमानको आग्रह पूरा गरिदिएनन् । उनले पर्यटन मन्त्रालयमा पनि भिजिट नेपालका विषयमा धेरै जिज्ञासा राखे, तर स्पष्ट जवाफ पाउन सकेनन् ।
प्रचण्डमान श्रेष्ठ भिजिट नेपालका लागि सरकारले छुट्टै सचिवालय बनाएकोमा पनि सन्तुष्ट छैनन् । उनी यसलाई बजेट सक्ने योजना मात्रै भन्छन् । ‘भ्रमण वर्षको कुनै लक्षित लक्ष्य छैन, भिजन छैन, गर्न खाजेको के हो र के का लागी हो स्पष्ट छैन किन चाहियो सचिवालय ?’
त्यसो त संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी पनि बोर्डप्रति निकै रुष्ट छन् । मन्त्रालयको चौमासिक समिक्षा बैठकमा मन्त्री अधिकारी बोर्डका सिइओको काम गराईप्रति निकै आक्रोशित ढङ्गले प्रस्तुत भए ।
पर्यटन बोर्ड नेपालको पर्यटन क्षेत्रको प्रचार गर्ने एकमात्र संस्था हो । सरकारी र निजी क्षेत्र सम्मिलित स्वायत्त संस्था पनि हो । बोर्डका सञ्चालकहरुमध्ये ५ जना सरकारी र ५ जना निजीक्षेत्रका छन् ।
भिजिट नेपालको लागी छुट्टै सचिवालय उद्योगी सुरज वैद्यको जिम्मामा छ । पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।
अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रञ्जीत आचार्य, नवराज दाहाल, चारु चङ्गा, डा वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रसान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा छन् ।
प्रचण्डमान श्रेष्ठ सरकारको यो तामाझामसँग सहमत छैनन् । उनले सुरज वैद्यलाई भेटेरै तपाई कसरी भ्रमण वर्ष सफल बनाउनुहुन्छ, के का लागी राष्ट्रिय संयोजक हुनुभयो भनेर धेरैपटक सोधेका छन् । ‘सुरजबाट पनि प्रष्ट जवाफ आएको छैन, उनी आफै के गर्ने गर्नेमा अन्यौल छन्’ प्रचण्डमानले भने ।

(पर्यटनविद् प्रचण्डमान श्रेष्ठसँगको कुराकानीमा आधारित)

यसअघिः

जनयुद्दको घाउ बिर्साउने प्रचण्डमानको अभियान र आजको 'होमस्टे'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved