‘भ्रमण वर्ष’ लाई सहयोग गर्न एनआरएनएद्धारा ‘प्रवद्र्धन वर्ष’ को घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 02:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गैर आवासीय नेपाली संगठन (एनआरएनए) ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै एनआरएनएले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारीलाई तीव्रता दिएको अवस्थामा सरकारलाई सहयोग गर्न भन्दै नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरेको हो ।

एनआरएनएका अध्यक्ष भवन भट्टले सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने लक्ष्यका साथ मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउन प्रवद्र्धन वर्ष मनाउन लागेको जानकार दिए । ‘सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न हामीले यो अभियान सुरु गरेका हौँ, विश्वको ८० देशमा हाम्रो संस्थाको संजाल छ । यही संजालमार्फत गतिविधि गरेर सरकारको लक्ष्यलाई सहयोग पुर्याउने हाम्रो अभियान हो’ उनले भने ।

नेपाल प्रवद्र्धन वर्षका लागी अध्यक्ष भट्टको अध्यक्षतामा सह–कोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २१३ सदस्यीले मूल समारोह समिति बनाईएको छ । यसका लागी राष्ट्रिय परिषद् सम्मिलित उपसमिति पनि बनाईने जनाईएको छ ।

प्रवद्र्धन वर्षको मूल समारोह समितिले नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्किने फोटो प्रदर्शनी, खेलकुद प्रतियोगीता र विदेशमा नेपालीद्धारा सञ्चालित होटल तथा रेष्टुरेन्टमा नेपाल चिनाउने तस्बिरहरु टाँस्ने कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । नेपाल सरकार, पर्यटन बोर्ड, नीजि क्षेत्रका संस्थाहरु टान, हान, नाट्टा लगायतसँग सहकार्य गरि सरकारले हालै सार्वजनिक गरेका सय नयाँ गन्तव्य केन्द्रित कार्यक्रम गर्ने समितिका संयोजक सापकोटाले जानकारी दिए ।

पर्वतीय पर्यटन बाहेक धार्मीक र सांस्कृतिक पर्यटनका लागी पनि नेपाल उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिने गरि गतिविध सञ्चालन गरिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved