पर्यटन मन्त्रालय नेतृत्वबिहिन, रवीन्द्रका महत्वपूर्ण तीन कार्यक्रम अलपत्र

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2019 | 12:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन मन्त्रालय खाली हुँदा नेपाल भ्रमण वर्ष २०२० अन्यौलमा परेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीनद्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि मन्त्रालय खाली छ । सरकारले दिवगंत अधिकारीको ठाउँमा नयाँ मन्त्री ल्याउन नसक्दा भ्रमण वर्षसँगै कयौ योजना अलपत्र परेका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्षको कार्यक्रम अफै बिलखबन्दमा परेको छ । मन्त्री नहुँदा योसँगै मन्त्रालयका अन्य धेरै काम अलपत्रमा परेको मन्त्रालयले स्वीकार गरेको छ । भ्रमण वर्ष २०२० को कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृति भईसकेपनि मन्त्रालय रिक्त र सचिवको पनि सरुवा भएका कारण योजना अलपत्रमा परेका हुन् । 

भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन समितिका संयोजक तत्कालीन पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको खेलकुद मन्त्रालयमा सरुवा भएपछि नयाँ संयोजक पनि चुनिएको छैन । पर्यटन मन्त्रालयमा सरुवा भएर आएका सचिव मोहनकृष्ण सापकोटाले पर्यटनमन्त्री अधिकारीसँग जम्मा एक पटक मात्रै कुराकानी गरेका छन् । त्यसपछि अधिकारीको निधन भयो, सचिव र मन्त्रीबीच कुराकानी र छफल हुन पाएन ।

पर्यटन मन्त्रालयको सचिवमा भर्खरै सरुवमा भएका सपाकोटाले पनि मन्त्री नहुँदा काम गर्न असहज भएको प्रतिक्रिया दिएका छन् । कतिपय निर्णयहरु मन्त्रीस्तरबाट गराउनुपर्ने भएकाले मन्त्री चयन नहुँदासम्म काम गर्न नसकिने उनको भनाई छ ।

नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको संयोजक पर्यटनमन्त्री रहने व्यवस्था छ । ‘मन्त्री नै नभएपछि संयोजक कसरी हुनु, अनि संयोजक नभएपछि काम कसी हुनु ?’ मन्त्रालय स्रोतले भन्यो ।

रवीनद्र अधिकारीले भ्रमण वर्ष सफल बनाउन सातै प्रदेशमा प्रदेश समिति गठन गर्ने भनेका थिए । हालसम्म कुनै पनि प्रदेशमा समिति बन्न सकेको छैन । 

सरकारले भ्रमण वर्ष लक्षित सय वटा नयाँ पर्यटकीय गन्तव्यको सूची पनि सार्वजनिक गरेको छ । केही महिनाअघि सार्वजनिक सूचीमध्येबाट २० वटा गन्तव्य छनौट गरी तिनको विकास गरिने योजना पनि अलपत्रमा छ । 

नेपालको पर्यटनको प्रचार प्रसार, ब्राण्डिङ लगायतका कामको जिम्मा पाएको सरकारी र निजी क्षेत्र सम्मिलित नेपाल पर्यटन बोर्ड पनि आफैँ रुमल्लिएको छ । केही दिनअघि मात्रै बोर्डबाट १२ करोड बढीको बिल नै गायब भएको समाचार सार्वजनिक भएपछि बोर्डै पनि आफैँ रनभूल्लमा परेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भ्रमण वर्ष लक्षित कार्यक्रमका लागी मन्त्रालय खाली हुन नहुने बताउँछन् । बोर्डले आफ्नो हिसाबमा भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको भएपनि अभिभावक नुहँदा निकै समस्या भएको उनको भनाई छ ।

भ्रमण वर्षको कार्यक्रमसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने प्रक्रिया अल्मल्लिएको छ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने विषयमा अध्ययन गरिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक वीरेन्द्रबाबु श्रेष्ठ पनि मन्त्री अधिकारीसँगै दिवगंत भएपछि यसको काम पनि रोकिएको छ । 

त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाएर आगामी बैशाख १ गते नयाँ वर्षको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटिक एयरपोर्टको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मन्त्री अधिकारीको निधन पछि मन्त्रालय नेतृत्व बिहिन अवस्थामा छ । मन्त्रालयले बुटिक एयरपोर्ट कसरी बनाउने भन्ने विषयमा अहिलेसम्म कुनै योजना आइसकेको छैन ।

मन्त्री अधिकारीले युरोपका देशमा नेपाल वायु सेवा निगमका जहाजलाई उडान भराउन निकै कसरत गरेका थिए । युरोपियन युनियनले नेपालको उड्ययन क्षेत्रलाई कालोसूचीमा राखेको वर्षौ भईसकेको छ । मन्त्री अधिकारी यसलाई हटाउन पहल गरिरहेका थिए । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार युरोपियन युनियन नेपालको उड्ययन क्षेत्रलाई सुरक्षा दृष्किोणले संवेदनशील सूचीबाट हटाउन लगभग सहमत भईसकेको थियो । तर रवीन्द्र अधिकारीको निधन भएपछि यो प्रक्रिया पनि थला परेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved