रबिन्द्र अधिकारिको सम्मानमा उनकै गृहजिल्लाबाट नेपाल भ्रमण बर्षको शुभारम्भ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2019 | 07:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

फेवातालको किनारबाट 'नेपाल भ्रमण बर्ष २०२०' को औपचारिक घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा आयोजित कार्यक्रममा नेपाल भ्रमण बर्षको औपचारिक उद्घाटन गरेका हुन। 

उद्घाटन अवसरमा बोल्दै मुख्यमन्त्री सुब्बाले सरकारले सन २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। साहसिक पर्यटनको बिकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने र गुणस्तरीय पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उनले बताए। दिवंगत मन्त्री रबिन्द्र अधिकारिको सम्मानमा उनकै गृहजिल्लाबाट नेपाल भ्रमण बर्षको शुभारम्भ गरिएको मुख्यमन्त्री सुब्बाले बताए।    

भ्रमण बर्षका संयोजक सुरज बैधले पर्यटन लगानी सम्मेलन आयोजना गर्ने बताएका छन। पर्यटन बर्षलाई सफल बनाउन र बिश्वभर नेपाल चिनाउन र पर्यटन क्षेत्रमा लगानी बढाउँलाई सम्मेलनको आयोजना गर्ने बैधले बताए। 

त्यस्तै निजि क्षेत्रको हौसला बढाउँलाई नेपाल टुरिजम अवार्ड को व्यवस्था गर्ने बैधले कार्यक्रममा जानकारी दिए। नेपाल भ्रमण बर्ष २०२० लक्षित कार्यक्रम केहि दिनमै सार्वजनिक गरिने उनले बताए। 

पर्यटन मन्त्रालयका सचिब मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण बर्षको औपचारिक घोषणा कार्यक्रममा दिवंगत मन्त्री अधिकारिलाई सम्झीए। मन्त्री अधिकारि पर्यटनमार्फत नेपालको समृद्धिको परिकल्पनाकार भएको बताउदै उनको सम्झना र सम्मानमा पोखराबाट नेपाल भ्रमण बर्षको घोषणा गरिएको सचिब सापकोटाले बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved