‘सडकका कारण भ्रमण वर्ष प्रभावित हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 01:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले सडकले पर्यटन वर्ष २०२० लाई असर नगर्ने बताएका छन् । प्रतिनिध सभाको विकास तथा प्रविधि समितिको बैंठकमा सचिव कार्कीले राजमार्गका कारण पर्यटन वर्ष २०२० प्रभावित नहुने दाबी गरेका हुन् ।

समितिले शुक्रबार भ्रमण वर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्नका लागि निर्धारण भएको पर्यटकीय गन्तव्य स्थलहरुसम्म पुग्ने सडक मार्गको अवस्थाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो । समितिका सदस्य सांसदहरुले सडकको दुराअवस्थाले भ्रमण वर्ष प्रभावित हुन सक्ने आशंका गरेका थिए । 

‘काठमाडौंको सडक हेरेर प्रश्न उठेका छन् । काठमाडौंका सडकमा केही समस्या छ । राजमार्ग ठिक छन्,’ कार्कीले भने, ‘अन्य सडक पनि राम्रा अवस्थामा छन् ।’ भ्रमण वर्ष सुरु हुन चार महिना मात्रै बाँकी छ । उक्त अवधिमा काठमाडौंका सडक पनि सुधार हुने उनको भनाई छ । 

दशैंमा सवारीको चाप हुने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न सडक विभागले मर्मतको काम सुरु गरिसकेको छ । काठमाडौंका चाबहिल–साँघु, कलंकी–नागढुंगा, च्यामासिंह–नगरकोट सडक भ्रमण वर्ष अघि नै सम्पन्न हुने सरकारको विश्वास छ । तर वाइपास–ककनी सडक भारतको एक्जीम बैंकको सहयोगमा निर्माण भइरहेकाले उक्त अवधिमा यो सडक सम्पन्न गर्न कठिन हुने कार्कीको भनाई छ । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक जोशीले हवाई पुर्वाधारसँगै पर्यटक भित्र्याउन सडक पनि महत्वपूर्ण हुने बताए । ‘नेपालका आकाश र सडक सुरक्षित छैन । सडक दुर्घनामा धेरै हुने मुलुकमा नेपाल पनि पर्छ,’ जोशीले भने ‘सडक सुरक्षित बनाउन आवश्यक छ ।’ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved