‘भिजिट नेपाल २०२०’ को आधिकारिक वेबसाईट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 04:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक संजाल सञ्चालनमा ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरे ।

भ्रमण वर्षको सचिवालयले तयार पारेको वेबसाईटहरुमा  www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक संजालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_officialLinkedin-@visitnepal2020-secretariat रहेका छन् ।

यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved