‘भ्रमण वर्ष’को सदस्य सचिवमा बच्चु नारायण श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 11:59:52 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष– २०२०’ को सदस्य सचिवमा पर्यटन व्यवसायी बच्चु नारायण श्रेष्ठ नियुक्त भएका छन् । उनले भ्रमण वर्षको कार्यविधि अनुसार आफू नियुक्त भएको पुष्टि गरे । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजक सुरज वैद्य पर्यटन व्यवसायभन्दा बाहिरको मान्छे भन्दै आलोचना भईरहेको थियो । वैद्यले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना हुन थालेपछि सत्तारुढ नेकपा निकट पर्यटन व्यवसायी श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।

श्रेष्ठ ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को उपाध्यक्ष समेत भईसकेका पर्यटन व्यवसायी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved