मन्त्री ज्यू, अझै बज्छन् ‘फेक रेस्क्यु’का समाचार

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 24, 2019 | 11:56:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० मा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’का केही सूचक सकारात्मक देखिएपनि अन्तराष्ट्रिय स्तरमा नकारात्मक प्रभाव पर्ने गरी गतिविधि बढ्न थालेका छन् । विशेष गरी विमानस्थलको कमजोर कार्यसम्पदान तथा यात्रुहरुले गर्ने गुनासोको कारण नेपाल भ्रमण वर्ष संकटमा पर्ने हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ । 

यस्ता छन् भ्रमण वर्षका बाधक 

नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएपनि सरकारका सामू चुनौतीका चाङ देखिएका छन् । अन्तराष्ट्रिय स्तरमै नेपालको पर्यटन क्षेत्रका विषयमा भएका नकारात्मक टिप्पणी चिर्न हालसम्म पनि सरकार सफल देखिँदैन । विशेष गरी भ्रमण वर्षको मुख्य जिम्मेवार निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मन्त्री योगेश भट्टराई भ्रमण वर्षका मूल विषय टुंगो लगाउनु भन्दा पनि सतहमा तैरिँदा नेपालले अपेक्षाकृत उपलब्धि हाँसिल गर्न नसक्ने पर्यटनविद्हरु बताउँछन् । 

एयरपोर्टको उडान सधैँ ‘डिले’ 

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विश्वभरका एयरपोर्टमध्ये समयमै उडान नहुनको सूचीमा छ । विश्वका १ हजार १९९ वटा विमानस्थलमा गरिएको अध्ययन पश्चात तयार पारिएको ‘एयरपोर्ट र्याङ्किङ’मा काठमाडौँ एयरपोर्ट १ हजार १९४ औँ स्थानमा छ । अर्थात् काठमाडौँको विमानस्थल समयमै उडान नहुने विमानस्थलको सुचीमा ५ औँ स्थानमा परेको छ  । 

हवाई उडड्यन  सम्बन्धि सबैभन्दा धेरै डाटा भएको कम्पनी ‘ओएजी’को अक्टोबर महिनाको मासिक सर्वेक्षण अनुसार काठमाडौँ विमानस्थलबाट ४५.२ प्रतिशत उडान मात्रै समयमै हुने देखाएको छ । कम्पनीले काठमाडौँबाट उडान भएका ४ हजार २६२ उडानको अध्ययन गरेको थियो । 

नेपालको बरियता अघिल्लो महिनाको तुलनामा झन् खस्किएको हो । अघिल्लो महिना नेपालको बरियता ११ सय ६८ थियो । अघिल्लो महिना ५६.३ प्रतिशत उडान समयमा भएका थिए । अघिल्लो महिना नेपाल ३२ औँ खराब स्थानमा रहेकोमा यस पटक ५ औँ खराब स्थानमा परेको हो । 

हेर्नुहोस् सूचीः

घुमफिरका लागि नेपाल ‘जोखिमपूर्ण’ 

घुमफिरका लागि नेपाल जोखिमयुक्त देशको सूचीमा परेको छ । नेपालको तराई क्षेत्र उच्च जोखिम र पहाडी र हिमाली क्षेत्र भने मध्यम जोखिमको सूचीमा छन् ।

यात्रा सुरक्षा सेवा सम्बन्धि कम्पनी ‘अन्तराष्ट्रि«य एसओएस’ले सन् २०२० मा घुमफिरका लागि सुरक्षित देशको सूची सार्वजनिक गर्दा नेपाल जोखिमयुक्त देखाइएको छ । चितवन, बुद्ध जन्मस्थल लुम्बिनी र जनकपुरधाम उच्च जोखिमयुक्त गन्तव्यको सूचीमा छन् ।

ती क्षेत्रको राजनीतिक अवस्था र सरुवा रोगको संक्रमणका कारण नेपालको तराई क्षेत्रलाई जोखिमको सूचीमा राखिएको बुझिएको छ । पहाड र हिमालमा भने हवाई सेवाको कमजोर उपस्थिती, हिमाली जिल्लाका विमानस्थलको सुरक्षा अवस्था लगायतका कारण मध्यम जोखिममा राखिएको बुझिएको छ । 

नेपालले २०२० मा भ्रमण वर्ष मनाउन लाग्दा भ्रमण सुरक्षासम्बन्धित जानकारी प्रकाशन गर्दै आएको ट्राभल एसओएसले सँसारभर यात्रा जोखिमबारे अनुमान सार्वजनिक गरेको हो । यसले नेपालले सन् २०२० मा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई असर पर्ने देखिएको छ ।

युरोपतिर अझै बज्छन् ‘फेक रेस्क्युका समाचार’ 

हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई बिरामी बनाएर रेस्क्यु गर्ने र बीमा कम्पनीमार्फत लाखौ अशुल्ने गरेको समाचार अझै पनि युरोपेली देशहरुमा बजिरहेको छ । तत्कालित संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले यो समस्या समाधान गरेको दाबी गरेपनि अन्तराष्ट्रिय क्षेत्रमा अझै यस्ता प्रचार रोकिएका छैनन् ।

‘फेक रेस्क्यु’ मा संलग्नलाई कारबाहीको सिफारिस भएपनि कारबाही भए नभएको अझै पत्तो छैन । अन्तराष्ट्रिय जगतमा ‘नेपालमा पर्यटकलाई औषधी खुवाएर बिरामी बनाई अस्पताल, ट्राभल कम्पनी र हेलिकप्टरको संलग्नतामा उद्दवारको नाममा बीमा वापत लाखौँ रकम उठाईन्छ’ भन्दै प्रचार भईरहेको छ । यसले पनि युरोपेली देशहरुबाट आउने पर्यटक बढ्न सकेका छैनन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved