शंख फुकेर भ्रमण वर्षको उद्घाटन, रंगाशालामा भव्य समारोह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 04:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले क्षतिग्रस्त बनेको दशरथ रंगाशालामा ‘नेपाल भ्रमण वर्ष–२०२०’को उद्घाटन गरिने भएको छ । सन् २०२० को जनवरी १ को दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्ने भएकी हुन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईका अनुसार टुँडिखेलमा उद्घाटन गर्ने भनिएपनि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को लागि रंगरोगन सहित तयार बनाईएको रंगशालामा नै भ्रमण वर्षको उद्घाटन हुने भएको हो ।

भ्रमण वर्षको उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु सहभागि हुने मन्त्री भट्टराईले जानकारी दिए । आगामी ३१ डिसेम्बरको राति ठमेलमा सडक महोत्सवको आयोजना हुँदैछ । सोही साँझ बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी र जनकपुरमा २ हजार २० वटा दियो बाल्ने कार्यक्रम समेत तय भएको छ । 

उद्घाटन यसरी गरिँदैछ 

जनवरी १ तारिखको बिहान पशुपतिमा १ सय ८ शंख बजाएर भ्रमण वर्षको उद्घोष गरिने छ । बौद्ध र स्वयम्भूका भिक्षूहरुले विशेष मन्त्रोच्चारण गर्नेछन् । 

उद्घाटनमो दिन नेपाल आउने विदशेी पर्यटकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुष्प गुच्छासहित स्वागत गरिने भ्रमण वर्षको कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य रञ्जित आचार्यले जानकारी दिए । विमानस्थलमा हात्ती सजाएर राखिने र हात्तीले नै पर्यटकलाई स्वागत गर्ने भ्रमण वर्षको सचिवालयले जनाएको छ । 

उद्घाटनको दिन दशरथ रंगाशालामा हालसम्मकै ठूलो सांगितिक कार्यक्रम आयोजना गरिने छ । सोही दिन साँझ आतिसबाजीसहित हजारौंको संख्यामा बेलुन उडाईने भ्रमण वर्षको सचिवालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved