भ्रमण वर्षको प्रचारमा गीत संगीत, उत्कृष्टलाई पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 10:02:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचार गर्न आधिकारिक गीत बनाउने भएको छ । गीतसंगित मार्फत पनि भ्रमण वर्षको प्रचार गर्न सरकारले आधिकारिक गीत रचना गर्न आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले पर्यटकीय गन्तव्य समेट्ने गरी गीत रचना गर्न सार्वजनिक आहृवान गरेको हो । 

नेपालको बहुपक्षीय सुन्दरता, कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्य सत्कार र प्राकृतिक सौन्दर्यता झल्कने शब्दहरु राखेर गीत रचना भएको हुनुपर्ने सचिवालयले जनाएको छ । रचना गरेको गीत भ्रमण वर्षको सचिवालयमा पठाउनु पर्नेछ । सचिवालयले उत्कृष्ट गीतलाई पुरस्कृत गरिने पनि जानकारी दिएको छ । 

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको ‘भिजिट नेपाल २०२०’ आगामी जनवरीमा औपचारि शुभारम्भ हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved