दशकभरी घुम्नुपर्ने गन्तव्यमा नेपाल एक नम्बरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 02:58:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व चर्चित अमेरिकी विजनेश म्यागेजिन ‘फोर्ब्स’मा नेपालको पर्यटनबारे चर्चा भएको छ । उक्त म्यागेजिनमा एकजना लेखकले आगामी दशकमा विश्वका भ्रमण गर्नुपर्ने ‘टप टेन’ मुलुकको सूचीमा नेपाललाई एक नम्बरमा राखेका छन् । डिसेम्बर ११ तारिख अर्थात् मंसिर २५ गते प्रकाशित क्याथेरिन पार्कर माग्यारद्वारा लिखित उक्त आलेखमा नेपाललाई भ्रमणको १ नम्बर सूचीमा राखिएको छ ।

नेपालले सन् २०२० मा मनाउन लागेको भ्रमण वर्षको पूर्व सन्ध्यामा आएको सकारात्मक सन्देशले भ्रमण वर्षलाई सहयोग पुगने विश्वास लिईएको छ । 

विश्वकै उच्च शिखर सगरमाथा, जंगल सफारी, उच्च हिमाली क्षेत्रमा ट्रेकिङ लगायतका कारण नेपाल घुम्नैपर्ने गन्तव्यको पहलिो नम्बरमा परेको उनको आलेखमा उल्लेख छ । उनले इक्वेडर, न्यूजील्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालाई पनि सूचीमा राखेकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved