सुजाता खिर र दहीको कडी रुपन्देहीको विशेष परिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 08:11:03 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ र प्रदेश नं ५ ले सञ्चालन गरेको ‘लुम्बिनी भ्रमण वर्ष २०७६’लाई सफल बनाउने उद्देश्यले बुटवलमा दोस्रो सडक खाना महोत्सव आयोजना गरिने भएको छ । ‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔँ सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पुस १४ देखि १६ गतेसम्म बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो । 

संघका अध्यक्ष समुन्द्र जिसीले पर्यटन प्रवद्र्धन गर्न सडक खाना महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवकै अवसरमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको विशेष परिकारको रूपमा घोषणा गरिने उनको भनाई छ । महोत्सव अवधिभर करीब पाँच करोडको आर्थिक कारोवार हुने र दुई लाख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ । 

बुटवल उपमहामनगरपालिका–९ कालिकापथको तीनकुनेबाट शिवालयचोकसम्मको सडकमा सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारको स्वाद चाख्न पाइनेछ । महोत्सवमा १०० स्टल रहने छन् । महोत्सवमा ३० लाख बढी खर्च हुने अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved