विश्वका अग्ला टावरमा भ्रमण वर्षको लोगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 12:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’ को अन्तराष्ट्रिय प्रचार गर्न विश्वका अग्ला टावरमा नेपाली राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो राखिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ मा विश्वका १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो पहराइने जानकारी दिएका छन् । 

सिड्नी–अस्ट्रेलिया, वेलिङ्टन–न्युजिल्याण्ड, टोक्यो–जापान, सियोल–दक्षिण कोरिया, दोहा–कतार, यूएई–दुबई, हङकङ, म्युनिख–जर्मनी, ब्रसेल–बेल्जियम, बेलायत–लण्डन, न्युयोर्क–अमेरिका, डब्लिन–इरेल्याण्ड, टोरन्टो–क्यानडा र शिकागो–अमेरिकामा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved