‘भ्रमण वर्ष उद्घाटनको दिन दीपावली गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 03:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षमा भित्र्याउने भनिएको २० लाख पर्यटक पर्याप्त संख्या नभएको स्वीकार गरेका छन् । ‘नेपाल भ्रमण वर्ष २०२०’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले लक्ष्य पर्याप्त नरहेको भन्दै सन् २०२० देखि २०३० सम्मको अवधिलाई भ्रमण दशकको रुपमा मनाउने तयारी भईरहेको जानकारी दिए । उनले हाल मूलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत रहेको भन्दै १५ औँ पञ्चवर्षीय योजना सकिँदासम्म १० प्रतिशत पुर्‍याउने र यसका लागि गुणस्तरीय पर्यटकलाई जोड दिईएको दाबी गरे ।

आफू मन्त्री भएयता अधिकांश समय भ्रमण वर्षकै लागि खर्चिएको दाबी गर्दै उनले यो इभेन्टको आयोजक सरकार र पर्यटनसम्बद्ध संस्था मात्रै नभई सिङ्गो देश नै आयोजक भएको बताए । नेपालमा स्थायी शान्ति र लागनीमैत्री वातावरणको शन्देस विश्वसामू पुर्‍याउन भ्रमण वर्षले योगदान दिने उनको दाबी छ । मन्त्री भट्टराईले भ्रमण वर्ष देशको प्रतिष्ठासँग जोडिएको भन्दै उद्घाटनका दिन जनवरी १ तारिखमा दीपावली गर्न आग्रह गरे । दीपावलीले नेपाल अब अध्यारोमा छैन र उज्यालोतर्फ लम्किरहेको छ भन्ने शन्देस दिने उनको भनाई छ ।

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’को राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरी १ तारिख अर्थात् पौष १६ गते बुधबार उद्घाटन गर्नेछिन् । भ्रमण वर्षको उद्घाटन भएको मितिले ६ महिनाभित्र भ्रमण दशकको घोषणा गरिने सरकारको तयारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved