टानले भ्रमण वर्षलाई केक काटेर गर्‍यो स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 10:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई स्वागत गरेको छ । टानले सोमबार केक काटेर भ्रमण वर्षको स्वागत गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र टानका अध्यक्ष खुम सुवेदीले संयुक्त रुपमा केक काटेर भ्रमण वर्षको स्वागत गरेका हुन् । 

२० लाख विदेशी पर्यटन भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्ष जनवरी १ अर्थात् बुधबारदेखि सुरु हुँदैछ । भ्रमण वर्ष अवधिभरमा टानले मात्रै ८ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । टानले आफ्ना सदस्यहरुलाई नेपाल आउने पर्यटकलाई यसअघि लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने घोषणा पनि गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved