होटलमा वित्तीय संस्थाको लगानी १४० अर्ब, कुन बैंकको कति ? (सुची सहित)

विजय पराजुली

विजय पराजुली

Jan 01, 2020 | 12:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन बुधबार हुँदैछ। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षमा संस्कृति र सम्पदालाई प्राथमिकतामा राखेर योजना बनाईएका छन् । भ्रमण वर्षको उद्घाटनका दिन १०८ सारंगी, १०८ मुरली बजाइने छ । पशुपतिमा १०८ शंख फुकिने योजना पनि छ । 

नेपाल आउने पर्यटकले बिताउने अधिकांश समय होटलमा हो। एउटा पर्यटकले नेपाल बसाईँको करिब ५० प्रतिशत समय होटलमा बिताउने गर्छन। सरकारले २० लाख पर्यटक ल्याउने भन्दै गर्दा के नेपालमा २० लाख पर्यटक धान्ने पर्यटक स्तरका होटल छन् त भन्ने प्रश्न उब्जिन्छ। यो प्रश्नको जवाफमा सरकार नीजि क्षेत्रको मुख ताक्छ, र भन्छ, ‘लगानी भित्रिने क्रम जारी छ, व्यवसायीहरु लगानी बढाईरहेका छन् । २० लाख पर्यटक अटाउन मुस्किल छैन ।’ सरकारबाट यस्तो गोलमटोल उत्तर आएपनि नीजि क्षेत्र भने दाबीका साथ भन्छ, ‘हामी सन् २०१९ मै २५ लाख पर्यटक अटाउन सक्ने क्षमतामा थियौँ, अहिले त्यो क्षमता बढिसक्यो ।’ 

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार होटलमा नीजि क्षेत्रको लगानी १० खर्बभन्दा बढी छ । हानमा सदस्य रहेका सबै होटल तारे छन् । हाल नेपालमा १२ हजार होटल भएको अनुमान छ । तर पर्यटक स्तरका होटलमा शैया (बेड) भने ४६ हजार वटा छन्।

निजि क्षेत्रको दाबिलाई मात्रै बिश्वास गर्ने हो भनेपनि होटल क्षेत्रमा १० खर्ब बढीको लगानी छ। १० खर्ब लगानीमा बैंक वित्तीय सँस्थाको लगानी कति छ भन्ने आम सर्वसाधारणको चाँसोको बिषय हो।  

चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म बैंक तथा  वित्तीय संस्थाले होटल र तथा अन्य पर्यटन क्षेत्रमा १ खर्ब २३ अर्ब ७४ करोड कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङकअनुसार कात्तिक मसान्त सम्म बैंक तथा वित्तीय संस्थाले होटलमा ९८ अर्ब ६८ करोड ६५ लाख  रुपैयाँ कर्जा लगानी गरेका छन्। 

यस्तै पदयात्रा, पर्वतारोहण र र्याफ्टीङ लगायतको क्षेत्रमा २५ अर्ब ६ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंक अनुसन्धान विभागको तथ्याङक छ।  बैंकहरुले होटल र रेस्टुरेन्टमा समेत गरेर १ खर्ब ३१ अर्ब भन्दा बढी लगानी गरेको छन् । जसमध्ये वाणिज्य बैंकले १ खर्ब १६ अर्ब ४६ करोड, विकास बैंकले १२ अर्ब ७१ करोड र र फाइनान्स कम्पनीले २ अर्ब ७५ करोड लगानी गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved