पहिलो उडानबाट भित्रिए साढे ३ दर्जन पर्यटक, विमानस्थलमा भव्य स्वागत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 10:53:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आजबाट अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ । नेपालले आजबाट ‘नेपाल भ्रमण वर्ष २०२०’को औपचारिक शुभारम्भ समेत गर्दैछ । भ्रमण वर्षको पहिलो दिन (आज बुधबार)को पहिलो उडानबाट ४२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ । 

फ्लाई दुबईको बोईङ ७३७ जहाजबाट नेपाल आएका उनीहरुलाई विमानस्थलका अधिकारीहरुले खादा ओढाएर स्वागत गरेका हुन् । १७७ जना यात्रुमध्ये अमेरिका, नेदरल्याण्ड, बेलायतलगायतका गरी ४२ जना पर्यटकहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved