आज दिउँसो उपत्यकाका यी रुटमा गाडी चलाउन नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 11:16:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटनको क्रममा आज बुधबार दिउँसो उपत्यकाको ट्राफिक प्रभावित हुने भएको छ । आज दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि भ्रमण वर्ष उद्घाटनको औपचारिक कार्यक्रम तय भएको छ ।

भ्रमण वर्ष उद्घाटन अगाडी उपत्यकाका विभिन्न स्थानबाट र्याली रंगशाला तर्फ जाने तय भएको छ । त्यस क्रममा थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा सवारीसाधन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरीले आज दिउँसो देखि नै यी क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गरेको छ  । प्रहरीले त्यस समयमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तै भ्रमण वर्ष उद्घाटन समारोहमा आउनेहरुको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको छ । 

यस्तो छ भ्रमण वर्षको उद्घाटन समारोहको कार्यक्रम: 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved