बैंकर शाहको भ्रमण वर्ष योजनाः ६ नयाँ गन्तव्यमा पुग्ने अठोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 01:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह बैंकिङ क्षेत्रका चर्चित व्यक्ति हुन् । तत्कालिन ग्रिनलेज (हालको स्ट्याण्डर्ड चार्टड) बैंकबाट बैंकिङ करियर सुरु गरेका शाह नबिल हुँदै मेगाका संस्थापक सीईओ हुँदै पुनः नबिलमा फर्किएका हुन् ।

चर्चित बैंकर शाह नेपाल भ्रमण वर्ष २०२० कसरी मनाउँदै छन् त ? यसबारे उनले हामीसँग यसरी कुराकानी गरेका छन् । 

तपाईले घुमफिरको क्रममा गर्नु भएको अहिले सम्मकै साहसिक काम के हो ?

बरोपाई भन्ने आइल्यान्डमा समुन्द्र मुनि हिड्ने प्रविधि रहेछ । एउटा टोपी जस्तो लगाएर पाइपमा समातेर खुट्टामा फलामको जुत्ता लगाएर समुन्द्रमुनी जानुपर्ने । साहसीक कार्य भनेर पहाड चढ्ने काम गरेको छैन तर समुन्द्र मुनी गएको छु । ठुलोठुलो सार्क माछा पनि आउने करिब १२ मिटर  गहीरो त्यस ठाउँमा माछासँग खेलेको छु । समुन्द्र नभएको देशबाट भएर पनि होला साहसिक अनुभव भनेको त्यही हो । 

तपाईले घुमिसकेको मध्ये सबैभन्दा मन परेको उत्कृष्ट ३ नेपाली गन्तब्य कुन हो र किन ?

सबैभन्दा मन परेको पोखरा हो । नेपालमा भगवानले स्वर्ग बनाएको भनेको पाखरा नै हो जस्तो लाग्छ । बच्चादेखि नै गइरहेको भएर पनि होला । संसारमा जहाँसुकै भएपनि म सित्तैमा पठाइदिन्छु कहाँ जान्छस भनेर कसैले सोध्यो भने पनि म पोखरा जान्छु भन्छु । 

दोस्रो, चितवन हो । पोटोग्राफीमा सोख भएको हुनाले त्यहाँ जंगलमा जनावरहरुको फोटो खिच्न पाउने भएर पनि होला । तेस्रो, घान्द्रुकको ट्रेक राम्रो लागेको छ । गन्तव्य भनेको कही पुग्ने होइन हरेक पाइला पाइलामा मजा लिने हो । गन्तव्य जीन्दगाी जस्तै हुनुपर्छ । कहीले चराचुङगीको मजा, कहीले खोला नालाको मजा र कहीले पुल तर्दाको मजा हरेक पाइलामा मजा लिने हो र घान्द्रुकको ट्रेकमा मजा लाग्छ । 

तपाईले घुम्ने अवसर नपाउनुभएको तर असाध्यै घुम्न चाहेको गन्तव्य कुन हो र किन ?

खप्तड जान मन छ । बुबा डाक्टर भएर फर्कदा पहिलो पोस्टीङ डोटी भएको थियो । बुबाको खप्तड बाबासँग भेट भएछ र कुरा हुँदाखेरी एकपटक खप्तड बाबा पुग्न भन्नुभएको छ । र मलाई पनि जान मन परेको ठाउँ खप्तड हो । 

घुमफिरले तपाइको काममा कस्तो प्रभाव पारेको छ ?

मानिस फरक फरक ठाउँमा जान्छन । कोही खान जान्छन्, कोही ठाउँ हेर्न जान्छन्, कोही रमाउन जान्छन् । मलाई विभिन्न ठाउँमा घुमेको अनुभवबाट आफुलाई कसरी पुर्ण बनाउन सकिन्छ भन्ने लाग्छ । एकै ठाउँमा पनि आफ्नो भिजन अनुसरको घुमफीर हुन सक्छ । घुमिफिरले आफ्नो संसार, आफ्नो समाज र आफ्नो संस्थाप्रति आफुलाई ठुलो बनाएको जस्तो लाग्छ । नयाँ ठाउँमा जानु, नयाँ समाजमा घुलमील गर्नु, मान्छेहरु भेट्नु र नयाँ प्राकृतिक वातावरणमा रमामउनुले अझै आफुलाई पूर्णता प्रदान गरेको जस्तो लाग्छ । 

घुमफिरका क्रममा तपाइको अहिलेसम्मकै अविस्मरणीय क्षण कुन हो ?

कुनै पनि ठाउँमा जाने हो भने त्यो ठाउँमा रमाइलो हुन्छ र हुँदैन भन्ने कुरा दुई चिजमा निर्भर गर्छ । पहिलो आफ्नो सोच र दोस्रो आफु को सँग गएको छ त्यसमा भर पर्छ । एकदमै राम्रो ठाउँमा पनि म एक्लै पुगेको छु तर रमइलो भएन । ठिकैको ठाउँमा साथिभाइ अथवा परिवार छ भने त्यहाँ पनि रमाइलो हुन्छ । ठाउँ भन्दा साथ र आफुसँग भएको मान्छे सकारात्मक छ भने रमाइलो हुन्छ त्यस्तो क्षण पोखरामा नै छ र साथिभाइ तथा परिवारसँगैकै क्षण हो ।   

भ्रमण बर्ष २०२० कसरी मनाउने योजनामा हुनुहुन्छ ?

हामीले भ्रमण वर्ष २०२० मा सबै विश्वलाई नै नेपाल आउन भनिरहेका छौँ । सबै नेपालीलाई आफ्नो क्षमताले जति सकिन्छ संसारलाई बोलाउँदा आफु पनि अलिकति मात्रै भएपनि घुमौं भन्न चाहान्छु । भ्रमण वर्षमा कम्तीमा पनि ६ वटा कहिल्यै पनि नपुगेको ठाउँमा पुग्ने लक्ष्य लिएको छु । कुनै कठीन र कुनै सजिलो होला । तर पनि ६ वटा ठाउँमा पुग्ने योजना छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved