भ्रमण वर्षको पहिलो दिन कति पर्यटक भित्रिए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 11:07:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन गरेकै दिन ५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ मै ५ हजार ३९३ जना विदेशी पर्यटक हवाइ मार्गमार्फत नेपाल भित्रिएका छन् । स्थलमार्गबाट भित्रिएका पर्यटकको भने तथ्यांक संकलनको काम भईरहेको अध्यागमन विभागले जनाएको छ । 

विभागले हरेक २/२ महिनामा तथ्यांक सार्वजनिक गर्ने गरेको छ । तर हवाइ मार्गबाट आएका पर्यटकको भने विमानस्थलमा सम्बन्धित एयरलाइन्स कम्पनीले तथ्यांक टिपाउने भएकाले सहजै पाउन सकिने विभागले जनाएको छ । स्थलमार्गबाट आउने पर्यटकको भने विभिन्न नाकाबाट तथ्यांक संकल गरेर एकमुष्ठ रुपमा उपलब्ध गराउन सकिने विभागका निर्देशक एवम् सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

एक वर्षमा २० लाख पर्यटक ल्याउन एक दिनमा ५ हजार ४८० पर्यटक आउनुपर्नेछ । हवाई मार्गबाटै ५ हजार ३९३ जना विदेशी पर्यटक आएकाले पहिलो दिनमा लक्ष्य अनुसारकै पर्यटक भित्रिएको विभागको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved