भ्रमण वर्षमा प्रदेश ५ का पुग्नै पर्ने गन्तव्य

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Jan 06, 2020 | 09:53:54 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ सरकाले ‘घुम्न जाउँ बर्दिया’ भन्ने नाराका साथमा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिसकेको छ । बर्दियाको ठाकुरद्वाराबाट मुख्यमन्त्री शंकर पोखरेलले जनवरी १ मा भ्रमण वर्षको सुभारम्भ गरेका हुन् । 

प्रदेश ५ मा कहाँ कहाँ घुम्ने ?

रुपन्देहीको लुम्बिनी 

प्रदेश नं. ५ रुपन्देही जिल्लामा रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा रहेको तपोभूमि हो । झण्डै २५६२ वर्ष अगाडी जन्मिएका गौतम बुद्धलाई एशियाका तारा र भगवान बिष्णुकै अवतारको रुपमा हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका छन् । लुम्बिनीमा विभिन्न देशको कलासंस्कृति झल्कने खालका थुप्रै गुम्बाहरु छन् । 

लुम्बिनी सिद्धार्थ नगरपालिकाबाट झण्डै १९ कि.मी. दुरीमा  पर्छ । लुम्बिनीमा सबैभन्दा बढी भारतिय चिनीया पर्यटकहरु आउने गर्दछन । 

सिद्धबाबा धाम 

बुृटवल बसपार्कदेखि झण्डै ६ कि.मी. दुरीमा पर्ने सिद्धबाबा चुरे पहाडको काखमै पर्छ । नेपाल र भारतको विभिन्न ठाँउबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन । दुवैतिर पहाड, पडाड बिचमा रहेको तिलोत्तमा नदी नदीकै समिप्यमा रहेको सिद्धबाबा धाम ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य हो ।

भतृ ऋषिले तपस्या गरेको यो भूमि प्रदेश नं. ५ को पहाडको काखमा रहेको यो धामको दृश्यावलोकन गर्दा पनि छुट्टै आन्नद हुन्छ । यो धामको दर्शनले मनोकामना पूरा विश्वास छ । यहाँ शिव मन्दिर, दुर्गा मन्दिर, हनुमानको पूर्वकडको मूर्ति, सन्तोषीमा मन्दिर लगायत छन् । बिशेष गरी सोमबार महाशिव रात्री, श्रवण महिना लगायत अन्य चाडवाडमा निकै नै भिड लाग्ने गर्दछ । 

पाल्पा

प्राकृतिक सौन्दर्यले ओतप्रोत पाल्पा साँच्चै रमणीय छ । पाल्पा जिल्लामा अवस्थित रानीमहल वि.सं. १९५० मा सिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितका संरचना तयार भएका थिए । तानसेन नगरपालिका वडा नं. १२ मा पर्ने रानीमहल दरबार नेपाल कै ताजमहलका रुपमा परिचित छ उक्त दरबार कालीगण्डकी नदीको उत्तर तर्फ जोन मोडमा विशाल चट्टान माथि पश्चिमी कलाशैलीमा निर्माण भएको छ ।

जनरल खडपा शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको  दरबार तानसेनबाट ५ कि.मी.को दूरीमा पर्छ । 

पाल्पा जिल्लामा रहेको भैरवस्थान पहाडको टुप्पोमा अवस्थित विश्वकै सबैभन्दा ठूलो त्रिशुल रहेको मन्दिर हो । भैरव मनिदरमा सधैभरी मेला लाग्छ । तानसेन बजारबाट ८ कि.मी।. पश्चिममा रहेको भैरवस्थानबाट अधिकांश हिमशिखरहरु देख्न सकिन्छ ।

कपिलवस्तु 

भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलिहवा मन्दिर, गोटिहवा लगायतका प्रशस्त क्षेत्र, विश्व सिमसार क्षेत्र, जगदिशपुर ताल लगायतका महत्व बोकेका क्षेत्र उमरी गुफा लगायतका धार्मिक र पर्यटकीय स्थल छन् ।

तिलौराकोट एक प्राचिन पुरातात्विक महत्व बोकेको स्थल हो । तौलीहवाबाट ४ कि.मी. उत्तर वाणगङ्गा नदीको नजिकै पूर्वतिर अवस्थित यो क्षेत्रमा उत्खनन् कार्य पनि भईरहेको छ । उत्खनन् कार्यबाट उक्त क्षेत्र वरिपरिका विभिन्न भग्नावशेष दिन दिनै देखा परिरहेका छन । गौतम बुद्धले २९ वर्ष बिताएको बाबु राजा शुद्धोधनको दरबार समेत यसै क्षेत्रमा छ । तिलौराकोट दरबारको भग्नावशेष क्षेत्र वरिपरि अहिले पनि उतखनन् भईरहेको छ । 

जगदीशपुर ताल

विश्व सम्पदा सूचीमा सूचीकृत कपिलवस्तुको निग्लिहवास्थित जगदीशपुर तालमा एक सय २८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास छ । हरेक वर्ष जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको सुरुवातसँगै फर्कने गर्दछन् । 

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल एशियाकै मानव निर्मित कृत्रिम मध्येको ठूलो ताल हो । पर्यटकीय महत्व बोकेको तालमा हिउँदमा साइवेरिया रुस, चीन, मंगोलिया तथा मध्ये एशियाका देशबाट समेत चराचुरुंगी हरेक वर्ष घुम्न आउने जाने गरेको पाइएको छ । 

शिवगढी

कपिलवस्तु जिल्लाको पश्चिम सिमाना धानखोलाबाट करिब डेढ घण्टाको उकालो हिडेपछि शिवगढी मन्दिरमा पुग्निछ । धानखोलाको दक्षिण पश्चिमपछिको चुरे पहाडको चुचुरोमा शिवगढी मन्दिर अवस्थित रहेको छ । 

गुल्मी

पौराणिक कालदेखि पवित्र तिर्थ स्थलको रुपमा परिचित रुरु क्षेत्र रिडी गुल्मी, पाल्पा र स्याङ्गजाको संगममा पर्दछ । बुटवल करिब ६० कि.मी. उत्तरमा अवस्थित पहाडै पहाडको बीचमा समथर जमीन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । बराहा पुराणामा रुरु क्षेत्रको पौराणिक इतिहासको वर्णन छ । यो क्षेत्रमा सत्य युगमा सतीदेवीको दन्त पतन भएको मानिन्छ ।

हिन्दु धार्मिक मान्यता अनुसार नेपालका चारवटा धार्मिक क्षेत्र मध्ये रुरु पनि एक हो । यहाँ ४० भन्दा बढी मन्दिरहरु छन् । यहाँ रहेको ऋषिकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिर मध्यको एक मानिन्छ । 

ऋषिकेशको विराजमान, कालीगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धताले रुरु क्षेत्रको विशिष्ट धार्मिक पहिचान छ । 

रेसुङ्गा क्षेत्र

समुन्द्र सतहदेखि १ हजार ७ सय मिटरको उचाईमा रहेको रेसुङ्गा अनुपम स्थल हो । प्राचीन युगमा ऋषिले राजा दशरथलाई सन्तान नजन्मेपछि पुत्रेठी महायज्ञ गराएको र यज्ञपछि राम लक्ष्मणको जन्म भएको भन्ने विश्वास छ । यो ठाँउमा राम लक्ष्मण आउँदा यहाँ के के समस्या छन् भनी सोध्दा पानीको समस्या भएको ऋषिले बताएपछि आफ्नो धनुवाणले हानेर रामले पानी निकाली दिएको रामकुवा समेत रहेको छ । 

गुल्मीको तम्घासबाट ६ कि.मी. ठाडो उकालो दुरी पार गरिसकेपछि यो ठाँउमा पुग्न सकिन्छ । 

रामग्राम स्तूपा

नवलपरासीमा अवस्थित रामग्राम स्तूपा ऐतिहासिक पुरातात्विक तथा धार्मिक पर्यटकिय स्थल हो । कोलिया गणराज्यको रुपमा रामग्राम स्तूपा रहेको र यसको राजधानी नवलपरासीको पण्डितपुरमा परेको छ । 

रामग्राम नगरपालिका वडा नं. ३ उजैनीमा पर्दछ । सरमुकाम परासीदेखि दक्षिण महेशपुरबाट ३ कि.मी. दुरी पार गरी उजैनी गाँउबाट १५ मिनेट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्कोमा रामग्राम स्तूपा रहेको छ । 

स्वर्गद्वारी

स्वर्गद्वारी व्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ कि.मी. पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखि ७ हजार फिटको उचाईमा पर्ने स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरुमध्ये एक हो । 

२ हजार ६ सय रोपनी क्षेत्रफलमा आश्रम अवस्थित छ । रोल्पा जिल्लाको घुम्तीमा वि.सं. ११६ मा जन्मिएका १०८ महा प्रभु वालतपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि बेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी ११५२ बैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको हो । विश्व शान्तिको लागि संचालित अखण्ड यज्ञमा हालपनि निरन्तर अग्नी बोलिरहेको छ । पौराणिक कालमा पान्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जन विश्वास छ ।

बर्दिया ठाकुरद्वार 

बर्दियाको ठाकुरद्वार जनावरको अवलोकन र सिंसार क्षेत्र हेर्न मनमोहक स्थल हो । ठाकुरद्वारमा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावरहरु पाइन्छन् । ठाकुरद्वार जान कोहलपुरबाट ६० कि.मी. पश्चिम आम्बामा अर्थात अमोनी पुग्ने र त्यहाँबाट १९ कि.मी. दक्षिणको यात्रामा बर्दिया निकुञ्ज पुगिन्छ ।

रुकुम रुकुमकोट

रुकुम जिल्ला प्राकृतिक सम्पदाको दृष्टिले अतिनै अनुपम छ । ५२ पोखरी ५३ टाकुरीको रुपमा पनि यसलाई चिनिन्छ । रुकुम जिल्लाको १० कोस पूर्वमा पर्ने रमणीय ठाउँ नै रुकुमकोट हो ।

रुकुमकोटमा रहेको रुक्मिणी देवीको नामबाट रुकुमकोट रहेको र पछि रुकुमकोटबाट पछि रुकुम नाम रहेको जनश्रुति पाइन्छ । यहाँ रहेको कमल ताल नेपालको नक्सा जस्तो देखिन्छ । 

रोल्पाको थवाङ

जिल्ला सदरमुकाम लिवाङ्गबाट १ दिन हिंड्दा पुगिने थवाङ्ग ६ दशक यता मुलुक भित्र र बाहिर पनि बहिस्कारवादी कम्युनिष्ट गाउँ भनेर चर्चित छ । २०५२ सालमा जनयुद्धमा होमिएको माओवादीको उद्गम स्थलकै रुपमा परिचित छ थवाङ । यहाँको बासिन्दाहरु सबै काम सामुहिक सल्लाहमा नै गर्ने गर्दछन, भोट हाल्न गए सबै जाने नगए कोही नजाने । 

त्यसैले यो ठाउँको आफ्नै विशेषता छ । सो क्षेत्रका मानिसहरुको रहनसहन लगायतका अध्ययन गर्न सो क्षेत्रमा जाने मानिसहरुको संख्या बढिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved