भ्रमण वर्षलाई गिज्याउँदै बेवारिस पर्यटन सूचना केन्द्र, तालुकी अड्डालाई सुइँको समेत छैन

महेश न्यौपाने

महेश न्यौपाने

Jan 10, 2020 | 09:35:35 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन अघि तामझामका साथ पर्यटन वर्ष सुभारम्भ गरियो । आन्तरिक तथा वाह्य पर्यटक भित्र्याई देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्धेश्यले भ्रमण वर्ष आरम्भ भएपनि पर्यटनका लागी आवश्यक पूर्वाधार तर्फभने राज्यको ध्यान जान सकेको छैन । पर्यटन क्षेत्रको प्रचार प्रसारका लागी निकै महत्वपूर्ण मानिने सूचना केन्द्र नै अलपत्र अवस्था हुदा रोल्पाको पर्यटकीय  गतिविधिले समेत अपेक्षाकृत नतिजा दिन सकेका छैनन । ७ वर्ष अघि  निर्माण गरिएको उक्त  सुचना केन्द्र प्रयोगमा नआउदै अलपत्र परेको छ ।

 रोल्पा नगरपालिका ६ कोटगाउँ माडिचौरमा निर्माण गरिएको उक्त एकीकृत पर्यटन सुचना केन्द्र जिल्लाको थबाङ, जलजला तथा वाग्लुङको ढोरपाटन पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले स्थापना गरिएको हो । आर्थिक वर्ष २०६९÷०७० मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० लाखको लागतमा निर्माण गरिएको उक्त सुचना केन्द्र भवन हालसम्म पनि  कुनै निकायले जिम्मा लिएका छैनन । सरकारी निकायले रेखदेखको जिम्मा नलिदा उक्त भवन  अलपत्र बनेको हो । भवन घेरिएको पर्खाल भत्किएको छ भने गेट समेत तोडफोड गरिएको छ । भवनको चारैतिर घाँस उम्रिएको छ । भवन निर्माणमा प्रयोग गरिएको टिन र काठपात तथा अन्य संरचना समेत वेवारिसे वनेका छन । 

 उक्त भवन निर्माण गर्दा मन्त्रालयले जिल्लाका सरोकारवाला निकायलाई कुनै जानकारी नगराएको भन्दै तत्कालिन जिविस रोल्पाले जिम्मा नलिएपछि भवन हालसम्म अलपत्र बनेको हो । जिल्ला विकास समिति संग समन्वय तथा छलफल विना नै भवन निर्माण गरेको हुदा उक्त भवनको जिम्मा आफुहरुले लिन नसक्ने तत्कालिन जिल्ला विकास समिति रोल्पाले वताएको थियो । तत्कालिन जिविसले सूचना केन्द्रको वारेमा यस अघि पनि पटक पटक जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल गर्दा उक्त सुचना केन्द्रको जिम्मा नलिन सुझाव आएकोले जिम्मा नलिएको जिसस रोल्पाले बताएको छ ।

पर्यटन सूचना केन्द्रको लागि उक्त स्थान अपायक पर्ने भन्दै नागरिकहरुवाट समेत विरोध हुदै आएको थियो । सदरमुकामवाट लामो दुरीमा पर्ने सो स्थानमा सूचनाकै लागि पर्यटक जाने सहजता नभएकाले पनि उक्त भवन अलपत्र वनेको वताईन्छ । थवाङ, जलजला र ढोरपाटनको पर्यटनकीय सूचनालाई लक्षित गरि सुलिचौरमा उक्त भवन निर्माण गरिएको भए प्रयोगमा आउन संभवन रहेको जिल्लावासीको भनाई छ ।

जिल्लाका सरोकारवाला निकायको जानकारी विना राजनैतिक कार्यकर्ताहरुले उक्त भवन निर्माण गरेको वताईन्छ । आपसी छलफल र अन्तरक्रिया विना राजनैतिक कार्यकर्ताले वनाएको भवन सरकारले हस्तान्तरण गरेर लिनु पर्छ भन्ने छैन नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकवहादुर खत्रीले भने । सूचना केन्द्र भवन अलपत्र परे संगै सरकारको लगानी बालुवामा पानी हाले भै भएको छ खत्रीले भने । 

पर्यटकीय दृष्टिले रोल्पालाई महत्वपूर्ण स्थान मानिए पनि यसको प्रवद्र्धनमा  सहयोग गर्ने सुचनाकेन्द्र वेवारिसे बन्दा जिल्लाको पर्यटन विकासमा घाटा पुगेको वताईन्छ ।  प्रयोगविहिन सूचना केन्द्र लाई अविलम्व प्रयोगमा  ल्याउनु पर्ने जिल्लावासीको भनाई छ ।

राज्यको यति ठूलो लगानीमा निर्माण गरिएको संरचना वेवारिसे अवस्थामा हुनु राम्रो होईन पूर्व सांसद लेखनाथ आचार्यले भने । सरकारी लगानी रहेकाले पुनः मर्मत गरेर प्रयोग गर्न मिल्ने भए प्रयोग गर्नु पर्छ आचार्यले भने । जिल्लाका अन्य स्थानमा समेत यसैगरि संरचना निर्माण गरि वेवारिसे छाडिएको हुन सक्ने आचार्यले आशंका व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved