यतीमा लगानी, बालुवामा पानी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 29, 2020 | 12:36:24 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय क्षेत्रमा पाइने भनिने हिममानव ‘यती’लाई ‘नेपाल भ्रमण वर्ष २०२०’को मस्कट बनाईएपनि कुँदिएका यतीको मूर्तीमा नै प्रश्न उठ्न थालेको छ । अहिलेसम्म कतै नेदेखिएको र पाइन्छ भन्ने गरिएको यतीको पिठ्यूँ, टाउँको र पूरै शरीर नै रङ्गीविरङ्गी बनाईएपछि यसबारे सर्वत्र आलोचना भएको छ । चौतर्फी आलोचना थेग्न नसकेपछि भ्रमण वर्ष सचिवालयले हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्धमा राखिएका यतीको मस्कट हटाउन बाध्य भएको छ । 

यतीबारे ३ वटा किताब समेत लेखेका रामकुमार पाँडे भ्रमण वर्षको लागि प्रचारमा राखिएका यतीका मूर्तीहरुमा किंवदन्ती अनुसारको मिथक नमिलेको बताउँछन् । उनले प्राकृति स्वरुपमा यती अहिलेसम्म कतै नदेखिएको तर हिमालयमा भेटिएका पाइलाको आधारमा काल्पनिक आकार तय गरिएको बताए । तर अहिले काठमाडौँका तारे होटल र पर्यटकीय गन्तव्यमा राखिएका यतीका मूर्तीहरुको न आकार मिलेको छ, न आकृति नै ।

हिमालमा बस्ने हिममानव हो भनेर विश्वास गरिएका यतीको अस्तित्वबारे कहीँकतै प्रमाण छैन । तर यीनिहरु सम्बन्धि विभिन्न किंवदन्तीहरु भने छन् । 

किन हटाईयो यतीका मूर्ती ?

यतीको मस्कटमा कुँदिएका चित्र र यतीको स्वरुपबारे नै प्रश्न उठेपछि भ्रमण वर्ष सचिवालय हटाउन बाध्य बनेको हो । भ्रमण वर्षका अवसरमा नेपालमा यती पाइन्छ भन्ने सन्देश विश्वभर फैलाउन यतीलाई मस्कटका रुपमा प्रयोग गरेको थियो । 

तर विभिन्न धर्म र संस्कृतिका समुदायले यती भनेर बनाईएका मूर्तीको शरीरमा विभिन्न देवी देवताका तस्बिर कुँदिएको प्रति आपत्ति जनाएका छन्  । 

हनुमानढोका परिसरमा राखिएको यतीको मूर्तीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित तस्बिर कुँदिएको थियो । सो क्षेत्रका सांस्कृतिक संघसंगठनले उक्त मूर्तीको विरोध गरे, भ्रमण वर्ष सचिवालय सुटुक्क लिन गयो । 

विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि पनि यस्तै खालको यती गजधम्म राखिएको थियो । बौद्धमा के रोचक भयो भने, सो यतीको मूर्तीलाई बौद्ध पुग्ने पर्यटक तथा आन्तरिक श्रद्दालुहरुले भगवान (देवता) भनेर ढोग्नसमेत थाले ।

पशुपतिनाथ मन्दिर परिसरमा पनि यतीको मस्कट राख्ने भनिएको थियो । तर त्यहाँ राख्न रोकिएको छ ।

यतीमा लगानी, बालुवामा पानी 

भ्रमण वर्ष सचिवालयले १०८ वटा यती बनाउने भनेको छ । बनाउने मात्रै नभई, नेपालको मुख्य पर्यटकीय बजारहरुमा यतीको मूर्ती पठाउने समेत योजना बन्यो । 

एउटा यती बनाउन ८ लाख रुपैयाँ खर्च भएको भ्रमण सचिवालयले जनाएको छ । १०८ वटा यतीका मस्कट बनाउन सचिवालयले १० करोड रुपैयाँ बजेट नै छुट्याएको छ । हालसम्म आधाभन्दा धेरै बनाइसकिएको छ । 

भ्रमण वर्षको उद्घाटनकै दिन राखिएका यतीका मूर्तीहरुबारे प्रश्न उठेका थिए । सामाजिक सञ्जालमा ‘यतीलाई यस्तो झकिझकाउ कसले पारिदियो ?’, ‘के यती साँच्चिकैमा यस्तै हुन्छ त ?’, ‘यदि यस्तै यती खोज्दै पर्यटक आए भने के देखाउने हो सरकार ?’ भनेर प्रश्न समेत सोधिएको छ । 

यसअघिः

आलोचनापछि भ्रमण वर्ष सचिवालयले हटायो यती

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved