पर्यटक तान्दै रोल्पाको रक गार्डेन

महेश न्यौपाने

महेश न्यौपाने

Jan 30, 2020 | 08:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पाको एक सामुदायिक वनले पर्यापर्यटनका लागि रक गार्डेन स्थापना गरेको छ । रोल्पा नगरपालिका ३ सातदोवाटोमा रहेको भैसेधारा महिला सामुदायिक वन उपभोक्ता समुहले रक गार्डेन स्थापना गरेको हो । 

डिभिजन वन कार्यालय रोल्पाको ९ लाख र रोल्पा नगरपालिकाको ४ लाख गरि कुल १३ लाखको लगानीमा उक्त रक गार्डेन स्थापना गरिएको हो । १८ हेक्टर वढी क्षेत्रफल रहेको उक्त सामुदायिक वनमा १६ घरधुरी रहेका छन । २०५३ सालमा जिल्ला वन कार्यालय रोल्पाले स्थानीय समुदायलाई हस्तान्तरण गरेको भएपनि वनले उपभोक्तालाई आम्दानी दिन नसकेपछि यो विकल्प अपनाइएको हो ।

सामुदायिक वनमा पर्यापर्यटनको अवधारणासँगै जिल्ला वन कार्यालय र रोल्पा नगरपालिकाले आर्थिक, प्राविधिक सहयोग गर्न तयार भएपछि आफुहरुले विधान संशोधन गरि पर्यापर्यटनको प्रावधान ल्याएको समुहका अध्यक्ष गणपति केसीले जानकारी दिए । 

रक गार्डेन निर्माण  तथा स्थापनाको   जिम्मेवारी  भने  रोल्पा नगरपालिकालाई दिइएको  छ । नगरपालिका र समूहबीच भएको सम्झौता अनुसा रक गार्डेन संचालन र व्यवस्थानको काम रोल्पा नगरपालिकाले गर्नेछ । आम्दानीको १५ प्रतिशत रकम सामुदायिक वनले पाउने भएको छ । 

डिभिजन वन कार्यालयको  नगर वन उद्यान कार्यक्रम अन्तरगत उक्त गार्डेन निर्माण गरिएको हो । रक  गार्डेन तयार भएपछि सो क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । 

‘चालु आर्थिक वर्षमै गार्डेनको थप फिनिसिङका काम गर्छौ’ रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने, ‘यस वर्ष शौचालय, टिकट घर, टहरा, चौतारी र सोफाहरु निर्माण गरेका छौँ ।’

प्रति व्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको उक्त गार्डेन हेर्न जाने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरिएको छ । टिकट विक्रीबाट मात्रै दैनिक करिब ५ हजार रुपैयाँ आम्दानी भईरहेको । रक गार्डेन सुरक्षा र टिकट वितरण गर्न स्थानीय २ युवा खटाईएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लागी छानिएका नेपालका १ सय गन्तव्य मध्येको एक जलजला भ्रमण गर्न आउने पर्यटकले रक गार्डेन पनि अवलोकन गरुन भन्ने उदेश्य नगरपालिकाको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved