आन्तरिक पर्यटनलाई बढवा दिन ‘दोस्रो रामेछाप महोत्सव’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 10:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दोस्रो रामेछाप महोत्सवको आयोजना गरिने भएको छ । फागुन ६ गते देखि १५ गतेसम्म जिल्ला सदरमुकाम मन्थलीमा चल्ने ‘रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव’मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र जिल्लामा उत्पादित कृषि उपजहरुको बजार विस्तार गर्ने मुख्य लक्ष्य लिईएको छ । 

सबै क्षेत्र र समुदायबीच सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको आयोजक रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । 

मन्थली नगरपालिकाको मुख्य प्रायोजन र सामाजिक सशक्तिकरण नेपालको सह–आयोजनामा हुने महोत्सवमा जिल्लाका सबै जातजातीका झाँकी प्रदर्शनी, जिल्ला भित्रका साना उद्योगीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, दोलखा र रामेछापको सीमा क्षेत्र शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली–शैलुङ उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्गको वृतचित्र प्रद्धशनी गर्ने लगायतका कार्यक्रम छन् । 

कृषी, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा ४७ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान), नेपाल उद्योग वाणिज्य महासंघ लगायतका व्यवससायिक संगठन समेत छन् । 

महोत्सवमा विशेष स्टल राख्न ३० हजार, विभिन्न उद्योग व्यावसायको व्यापारिक स्टल १० हजार, कृषि, जडीबुटी, घरेलु तथा उद्योगका स्टल पाँच हजार, बहुराष्ट्रिय कम्पनीका उत्पादन तथा सेवा २० हजार, होटल तथा रेष्टुरेण्ट (बदाम तथा आईसक्रिम बाहेक) ५० हजार, मोटर साईकल तथा साईकल स्टल २० हजार, बैंक, वित्तीय संस्था तथा विमा कम्पनीहरुका स्टलका लागि १० हजार, गाँउपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रको उत्पादन प्रवद्र्धन गर्न स्टल राखेमा पाँच हजार रुपैयाँ शुलक तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved