विदेशमा भ्रमण वर्षको प्रचार स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 04:28:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशमा ‘नेपाल भ्रमण वर्ष २०२० को प्रचार’ रोकेको छ । चीनको हुवान प्रान्तबाट सुरु भएर अहिले विश्वका करिब ५० देशमा फैलिसकेको कोरोना भाइरसका कारण सरकारले विदेशमा हुने भ्रमण वर्षको प्रचार रोकेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि विदेशमा गरिने भ्रमण वर्षको प्रवर्दनात्मक प्रचार स्थगित गरिएको जानकारी दिए । बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले ‘जब परिस्थिति अनुकुल हुन्छ, त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षका कार्यक्रमहरु गर्नेछौं’ भने । 

कोरोनाका कारण सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक ल्याउने भनेपनि उक्त लक्ष्यसमेत प्रभावित हुने खतरा देखिएको मन्त्री भट्टराईको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved