विघटित भ्रमण वर्ष सचिवालयका सामग्रीमा पर्यटन बोर्डको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2020 | 12:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज २०७७ साल बैशाख १ गतेबाट नेपाल भ्रमण वर्षको सचिवालय औपचारिक रुपमा विघटन भएको छ । कोरोना भाईरसको महामारीका कारण भ्रमण वर्ष स्थगित गरेको सरकारले गत चैत ९ गते नै नर्या वर्षको दिनबाट भ्रमण वर्षको सचिवालय विघटन गर्ने निर्णय गरेको थियो ।

सचिवालय विघटन भएपछि त्यहाँ रहेका सामग्री अब कुन निकायले प्रयोग गर्ने भन्नेबारे विवाद देखिएको छ । चैत ९ गते सचिवालयका सामग्रीसहित महत्वपूर्ण कागजात सरकारलाई बुझाउनुपर्ने भनिएपनि कुन सरकारी निकायलाई बुझाउनु पर्ने हो भन्ने कुरा स्पष्ट नहुँदा समस्या आएको विघटित सचिवालयका एक अधिकारीले बताएका छन् । तर पर्यटन सचिव केदार बहादुर अधिकारी भने सामग्रीहरु कहाँ, कसरी र कसलाई बुझाउने भन्ने जानकारी सचिवालयमै हुनुपर्ने बताउँछन् । ‘मन्त्रालयले त सरकारी निर्णय यस्तो यस्तो भएको छ भनेर खबर गर्ने हो, भएका सामग्री बुझाउनु भनेर हामीले खबर गरिसकेका छौँ’ उनले भने, ‘अब कहाँ र कसलाई बुझाउने भन्ने कुरा सचिवालयलाई नै जानकारी हुनुपर्ने विषय हो ।’ 

सचिवालयमा ल्यापटप, कम्प्युटरसहित २ ओटा कार छन् । यी सामग्री नेपाल पर्यटन बोर्डले बोर्डमा बुझाउनुपर्ने दाबी गरेको छ । 

विघटित सचिवालयका सूचना अधिकारी रोहिनी खनालका अनुसार सरकारले १ महिनाभित्र प्रतिवेदन, लेखापरीक्षणलगायत काम सक्न निर्देशन दिएपनि लकडाउनका कारण काम गर्न सकिएको छैन । उनका अनुसार लकडाउन खुलेपछि थप ३ हप्ताको समय दिन माग गर्दै मन्त्रालयमा पत्र पठाईसकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved