सेयरबजार साप्ताहिक समिक्षा: कारोबार रकम बढ्यो, यी हुन उच्च पूँजीकरण भएका १० कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 10:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

यससाता सेयरबजारमा १ अर्व ८५ करोड २० लाख २० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो कारोबार रकम गत साताको तुलनामा १५ करोड ९७ लाखले बढी हो। यो साता दैनिक ३७ करोडको कारोबार भएको छ।

यस साता २३ हजार १ सय १७ वटा कारोबार मार्फत गत हप्ता भन्दा ९.४३ प्रतिशत बढी रकम कारोबार भएको छ| यस्तै साताभरिमा बजार परिसूचक नेप्से सूचक ११९५.५४ को उच्चस्थान र न्यून ११७५.०५ मा झरेको थियो | बन्द हुँदा ११८७.७७ नै कायम भएको थियो | 

कारोबार रकम

यस हप्ता

गत हप्ता

१ अर्व ८५ करोड २० लाख २० हजार

१ अर्ब ६९ करोड २३  लाख ९० हजार 


आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमासिक समाप्त भएको छ र नेप्सेमा सुचिकृत संस्थाहरुले त्रैमासिक समाप्तिसँगै वित्तीय विवरण पनि प्रकाशन थालेका छन। प्रकाशित विवरण हेर्दा आगामी वर्ष पनि कम्पनीहरुले राम्रै आम्दानी गर्ने र सेयरधनीहरुले राम्रै लाभांश पाउन सक्ने सम्भावना देखाएको छ।  गत आर्थिक वर्षको साधारणसभा हुने क्रम पनि सकिंदै गएको छ। अधिकाँश कम्पनीले पौषको अन्तिम दिन साधारणसभा सकाएर समयभित्र गरेको देखाएका छन। 

यस हप्ता र गत हप्ताको कारोबार विवरण यस्तो रहेको छ।  

उच्च पूँजीकरण भएका १० कम्पनी 

अन्य हप्ता झैँ यस हप्ता पनि नेपाल दूरसञ्चार कम्पनी नै पहिलो भएको छ | गत हप्तापाँचौं स्थानमा रहको नेपाल लाइफ इन्सुरेन्स यस हप्ता चौथो स्थानमा उक्लेको छ | यस हप्ता दशौँ स्थानमा भर्खर सूचीकरण भएको अपर तामाकोशी प्रवेश पाएको छ | 

कम्पनी

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार कम्पनी

,०९,९५,००,००,०००

७३३

नबिल बैंक

६७,८४,५८,०५,१००

८४४

नेपाल इन्भेष्टमेन्ट बैंक

५७,७०,१५,४५,८५१

५४३

नेपाल लाइफ इन्सुरेन्स

४९,२४,५६,००,३२०

११२० 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४७,१८,७३,२६,२३४

५८९

एभरेष्ट बैंक

४२,५४,२३,७७,६१०

५३०

हिमालयन बैंक

३६,९१,९६,४२,३०५

४५५

अपर तामाकोशी हाइड्रोपावर

३२,९३,४९,००,३११

३११

एनआइसि बैंक

३१,८०,३२,२३,३२०

३९६

नेपाल एसविआई

३१,३८,२९,३०,६७०

३९०


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

क्र.सं.

कम्पनी

रकम

नेपाल बैंक

२९,५८,९०,०००

नागरिक लगानी कोष  

२३,०९,९०,०००

 

एनआईसी एसिया बैंक

,०१,१०,०००

 

छिमेक लघुवित्त

,८०,६०,०००

 

नेपाल लाइफ इन्सुरेन्स

,५२,७०,०००

 

माछापुच्छ्रे

,१२,७०,०००

 

प्रिमियर इन्सुरेन्स

,८३,८०,०००

 

साना किसान लघुवित्त

,७९,४०,०००

 

बैंक अफ काठमाडौं

,५२,२०,०००

 

प्रभू बैंक

,४७,५०,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

क्र.सं.
कम्पनी
रकम

अपर तामाकोशी  

२६१९

नेपाल बैंक

१५५८

नागरिक लगानी कोष

१३३२

एनआईसी एसिया बैंक

५७४

बैंक अफ काठमाडौं

५६६

नेपाल लाइफ इन्सुरेन्स

५५८

प्रिमियर इन्सुरेन्स

४३२

साना किसान लघुवित्त

४१५

नेपाल इन्भेष्टमेन्ट बैंक

३८८

१०

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

३७०


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved