सेयरबजार साप्ताहिक समिक्षा: कारोबार रकम दोब्बरले बढ्यो, यी हुन उच्च पूँजीकरण भएका १० कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2019 | 10:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

यस हप्ता पुरै ५ दिन खुलेको सेयरबजारमा बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ। बजार परिसूचक नेप्से अधिकतम ११२८.८६ न्यूनतम,१११२.८७ र बन्द हुँदा १११२.८७ विन्दु कायम भएको छ। गत हप्ता नेप्से सूचक ११३९.५७ विन्दुमा बन्द भएको थियो ।  

साताको अन्तिम दिन बजार पूँजीकरण १३ खर्ब, ५८ अर्ब, ४४ करोड, ७५ लाख कायम भएको छ । गत हप्ताको अन्तिम दिन १३ खर्ब ९० अर्व ६३ करोड ९७ लाख कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण २ दशमलव ३१ प्रतिशतले घटेको छ।

बजार समाचार 

वाणिज्य बैंक र विकास बैंक समुहका राष्ट्रियस्तरका विकास बैंकले दोस्रो त्रैमासिक वितिय विवरण प्रकाशन गरिसकेका छन् | अन्य समुहका कम्पनीले पनि क्रमशः प्रकाशन गरिरहेका छन् | तुलनात्मक रुपमा वित्तीय प्रतिवेदन प्रकाशन गर्नेमा लघुवित्त समुह अगाडी रहेको देख्न सकिन्छ | आशा लघुवित्त सूचीकरणको क्रममा रहेको छ | 

सबैको चासोको विषय बनेको प्रभु बैंकले लाभांश सहित साधारणसभा आव्हान गरेको छ | बैंकले फाल्गुन १९  गते बैंकको केन्द्रीय कार्यालय अनामनगरमा सभा बोलाएको छ | अन्य सुचिकृत कम्पनीले पनि साधारणसभा गर्न बाँकी रहेको छ | वाणिज्य बैंक समुह समेतले अहिलेसम्म सभा सकेको छैन | लामोसमयसम्म संचित घाटामा रहेको प्रभू बैंकले यसपटक लाभांश सहित सभा आव्हान गरेको छ | वाणिज्य बैंकतर्फ प्राइम, नबिल, कुमारी, सिभिल, सेन्चुरी, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले सभा गर्न बाँकी रहेको छ | राष्ट्रियस्तरको अन्य विकास बैंकतर्फ लुम्बिनी, कामना र देवले साधारणसभा गरेका छैनन् | 

सभा नगर्नेको सुचिमा विमा कम्पनी (जीवन र निर्जीवन) अग्रपंक्तिमा रहेका छन् | नेपाल टेलिकमको मूल्य घट्ने क्रम जारी छ | यस हप्ता गत हप्ता भन्दा १२ रु. घटेर बन्द भएको छ | प्यान लगाउने सम्बन्धमा बहस जारी  छ | नेपाल स्टक एक्सचेन्जले दलाललाई प्यान सहजीकरण गर्न डेस्क राख्न निर्देशन दिएको छ | 

अन्य गतिविधि 

यस हप्ता हाम्रो सूचीकरण भएका कम्पनीहरु निम्न बमोजिम रहेका छन् | नेपाल क्रेडिट एण्ड कमर्श बैंकको हकप्रद शेयर सूचीकरण भएको छ | त्यस्तै जानकी फाइनान्स, निर्धन उत्थान लघुवित्त, वेस्टर्न डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंकको बोनस शेयर पनि सूचीकरण भएको छ | 

घलेम्दी हाइड्रोपावरको प्राथमिक शेयर पनि सूचीकरण भएको छ | जलविद्युत समुहको यो २५सौ कम्पनी हो।  एनएमवि माइक्रोफ़ाइनान्सले मुरलीप्रसाद लम्साल, किसान माइक्रोफाइनान्सले प्रकाश पोखरेल र कामना सेवा विकास बैंकले प्रविण बस्नेतलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् | 

धितोपत्र वोर्डले हिमालय उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो, स्पर्श लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ | नेपाल एग्रो र इन्फिनिटी लघुवित्तले साधारण शेयर जारी गर्न अनुमति मागेका छन | 

एसियन लाइफ इन्सुरेन्सलाइ हकप्रद शेयर बिक्रि गर्न अनुमति दिएको छ | त्यस्तै सनराइज र एनएमवि बैंकले ऋणपत्र जारी गर्नको लागि अनुमति मागेका छन् | सनराइज बैंकले पहिलोपटक ऋणपत्र जारी गर्न अनुमति मागेको हो | सेन्ट्रल फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सोल्टी होटेल, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआईसि एसिया बैंकले बोनस शेयर दर्ता गरेका छन् | 

विषय

यस हप्ता

अगिल्लो हप्ता

फरक

पूँजीकरण (रु.)

१३,५८,४४,७५,००,०००

१३,९०,६३,९६,५०,०००

.३१%

कारोबार रकम (रु.)

,०३,७४,१०,०००

,५०,४४,४०,०००

१०१.९०%

दैनिक कारोबार (रु.)

६०,४४,८०,०००

३०,०८,९०,०००

१०१.९०%

कारोबार (संख्या)

२५,४९१

२७,६८६

.९३%

नेप्से सूचक

१११२.८७

,१३९.५७

-२६.७०अंक


उच्च पूँजीकरण भएका १० कम्पनी 

कम्पनी

यो हप्ता

गत हप्ता

पूँजीकरण

अन्तिम

मूल्य

पूँजीकरण

अन्तिम मूल्य

नेपाल दूरसञ्चार

,०४,२५,००,००,०००

६९५

,०६,०५,००,००,०००

७०७

नबिल बैंक

६५,७५,५७,६८,४५०

८१८

६६,८०,०७,८६,७७५

८३१

नेपाल इन्भेष्टमेन्ट बैंक

५४,४०,७३,५०,७८४

५१२

५५,३६,३७,२९,९९७

५२१

नेपाल लाइफ इन्सुरेन्स

४४,४०,८९,७८,८६०

१०१०

 ४६,३८,७५,९६,७३०

,०५५

स्ट्याण्डर्ड चार्टर्ड बैंक

४२,९१,४२,६८,०१६

५३६

४४,५४,३५,५४,१३६

५५६

एभरेष्ट बैंक

४०,५३,५६,६१,६८५

५०५

४१,५७,९१,५३,९६६

५१८

हिमालयन बैंक

३४,४८,५३,८०,१७५

४२५

३४,९७,२२,३२,६०२

४३१

एनआइसि बैंक

३०,८३,९४,८९,२८०

३८४

३१,३२,१३,५६,३००

३९०

नेपाल एसविआई बैंक

३०,३३,६८,३२,९८१

३७७

३०,६५,८७,०९,१९३

३८१

एनएमवि बैंक

२६,९३,०८,५५,३३६

३०८

२७,३६,८०,४४,५४६

३१३


कारोबार रकमका हिसाबले १० स्थानमा रहेका कम्पनी

कम्पनी

कारोबार रकम

एभरेष्ट बैंक (संस्थापक)

,९१,७६,४०,०००

अपर तामाकोशी

,२१,२०,०००

प्रभू बैंक

,३६,५०,०००

नागरिक लगानी कोष

,९६,७०,०००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

,९६,२०,०००

नेपाल लाइफ इन्सुरेन्स

,९५,९०,०००

एनएमवि बैंक

,५२,००,०००

प्रभू बैंक (संस्थापक)

,३९,४०,०००

नेपाल बैंक

,२३,२०,०००

माछापुच्छ्रे बैंक

,१५,५०,०००


कारोबार भएका शेयर संख्याको हिसाबले १० कम्पनी 

कम्पनी

शेयर संख्या

एभरेष्ट बैंक (संस्थापक)

७२,३६,०००

अपर तामाकोशी हाइड्रोपावर

,७०,०००

प्रभू बैंक (संस्थापक)

,२६,०००

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

,९१,०००

प्रभू बैंक

,८६,०००

माछापुच्छ्रे बैंक

,५१,०००

नेपाल बैंक

,१३,०००

एनएमवि बैंक

,१३,०००

मेगा बैंक

,०४,०००

सिभिल बैंक

९१,०००


कारोबार संख्याका हिसाबले १० कम्पनी

कम्पनी

कारोबार संख्या

अपर तामाकोशी हाइड्रोपावर

,५०६

सामुदायिक लघुवित्त

,२३४

प्रभु बैंक

६३७

एनएमवि बैंक

५१७

नेपाल लाइफ इन्सुरेन्स

५१५

पन्चकन्या माई हाइड्रोपावर

४९४

कालिका पावर कम्पनी

४७४

नेपाल इन्भेष्टमेन्ट बैंक

४५२

नेपाल क्रेडिट एण्ड कमर्श बैंक

४४९

सेन्चुरी बैंक

४१७


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved