‘टिक टक’ लाई प्ले स्टोरबाट हटाउन गुगललाई पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 04:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई यस्तो आग्रह गरेको हो ।

मद्रास उच्च अदालतले टिकटकले देशमा अश्लिलता फैलाइरहेको दावी गर्दै प्रतिबन्ध लगाउन आदेश दिएको थियो । मद्रासको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश दिएको थियो । 

सरकारले नै अदालतको आदेश विपरीत एप हटाउन आग्रह गरेपनि गुगल र एप्पलले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved