भारतमा एपल र गुगलबाटै हट्यो टिकटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 02:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा एपल र गुगलबाट  टिकटक एप हटेको छ । अदालतले निर्देशन दिएपछि दुबै कम्पनीले एप हटाएका हुन् । ती कम्पनीहरूले मद्रास उच्च अदालतको आदेशको पालना गर्दै सो कदम चालेका हुन्। 

केही साताअघि अदालतले अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुर्व्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो। टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सले सो आदेश निलम्बन गर्न दर्ता गरेको आवेदनलाई अदालतले मङ्गलवार खारेज गरिदिएको थियो। भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता छन्।

 टिकटक किशोरकिशोरीहरूले धेरै चलाउँछन्। यसको प्रयोग गरेर अरू गीत र सङ्गीतको धुनमा ओठ चलाएर अभिनय गरेको, हास्यव्यङ्ग्यात्मक र अन्य छोटा भिडिओ बनाउन मिल्छ। बाङ्ग्लादेशले यसअघि नै टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ। बालबालिकाबारे अवैध रूपमा सूचना सङ्कलन गरेको अभियोगमा अमेरिकामा टिकटकलाई जरिवाना तिराइएको छ।

आफ्नो फोनमा पहिल्यै टिकटक भएका प्रयोगकर्ताहरूले भने  टिकटक चलाउन पाई रहेका छन । मद्रासको अदालतमा टिकटकबारे फेरि एप्रिल २२ मा सुनुवाइ हुनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved