अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार आइतबार बिहान ९ः१० मा भएको दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ ।