सय जना सवार विमान दुर्घटनाग्रस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 09:34:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कजाखस्तानमा बेक एयरको एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको छ । शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै विमान २ तले घरमा ठोक्किन पुगेको हो । 

विमानमा ९५ यात्रु र चालक दलका ५ सदस्य गरी कुल १०० जना सवार रहेको बताईएको छ । हालसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको र उद्दार कार्य जारि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।  उक्त विमान अल्माटीबाट देशको राजधानी नुरसुल्तानतर्फ जाँदै गरेको र स्थानीय समय अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा रेडारबाट हराएको बताईएको छ । उडेको केहि समय मै विमान दुर्घटना भएको हो । 

दुर्घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved