८३ जना सवार विमान दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 04:38:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानमा सोमबार एउटा यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीय संचार माध्यमहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विमान दुर्घटना भएको जनाईएको छ ।

स्थानीय समय अनुसार १ बजेर १० मिनेटमा सरकारी स्वामित्वको एयर एरियाना विमान दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विमानमा ८३ यात्रु रहेको र विमान दुर्घटना भएपश्चात आगो लागेको उल्लेख छ ।

यद्यपि कम्पनीले भने विमान दुर्घटनाको पुष्टि गरिसकेको छैन   । कम्पनीले विमान दुर्घटना भएको तर आफ्नो कम्पनीको नभएको प्रारम्भिक प्रतिकिर्य दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved