चीन बाहिर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इटलीमा सक्रमणको रोकथामलाई लिएर अत्यन्त कडा कदम चालिएको छ। करिब एक चौथाई जनतालाई घर बाहिर ननिस्किनलाई भनिएको छ। यतिमात्र नभई त्यहाँको सरकारले पुरै देशमा तीन अप्रिलसम्म स्कुल, सिनेमाघर, थिएटर, नाइट क्लब र म्युजियम बन्द गरिएको छ।
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म ९५ देशहरुमापुगिसकेको छ। इटलीका प्रधानमन्त्री ग्युसेप कोटेले भाइरसबाट सबै भन्दा बढी प्रभावित उत्तरी क्षेत्रका मानिसलाई अति आवश्यक बाहेकका काम बाहेक आवतजावत र हिडडुल नगर्न निर्देशन दिएका छन्।
इटलीमा अहिलेसम्म ५८८३ संक्रमित, २३३ को मृत्यु
वेनिस र आर्थिक राजधानी मिलान समेत उत्तरी इटलीको जुन क्षेत्रलाई अलग गरिएको छ, त्यहाँ करिब डेढ करोड मानिस बस्दछन। यो युरोपीय देशमा शनिबार भाइरस प्रभावित नयाँ १२४७ केश आए। ६ करोडको जनसंख्या रहेको इटलीमा अहिलेसम्म ५ हजार ८८३ संक्रमित तथा २३३ को मृत्यु भईसकेको छ। कोरोना भाइरस बिरुद्द लड्नका लागि सेवाबाट अवकाश पाएका चिकित्सकलाई समेत सेवामा लिइएको छ।
हाइलाइट
-बिश्व स्वास्थ्य संगठनकाअनुसार अहिलेसम्म चीन भन्दा बाहिरका ९३ देशहरुमा २१ हजार ११४ संक्रमित र ४१३ को मृत्यु भएको छ।
-ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा पहिलो मृत्यु, पराग्वे, कोलम्बिया, चिली र पेरुमा सक्रमित देखिए।
-थाइल्याण्ड र मलेसियाले कोरोनाको भयले कोस्टा फोरटुना क्रुजलाई फिर्ता बोलाए, क्रुजमा दुई हजार सवार थिए।
-माल्दिभ्सले दुई रिसोर्ट बन्द गर्यो। कुरेदु आइल्याण्ड रिसोर्टमा १४ सय बढी मानिस उपस्थित
-दक्षिण कोरियामा सयौं चर्च बन्द
-चीनमा आइतबार एक महिना यताकै कम मान्छेको मृत्यु
-बिश्व स्वास्थ्य संगठनले अंकुश लगाउने संकेत, इरानमा एक दिनमै ४९ को मृत्यु
-अमेरिकामा १९ जनाको मृत्यु, न्युयोर्कमा इमर्जेन्सी