विमानको बीचको सिट खाली राख्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 05:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले आफ्ना सबै वायु सेवा प्रदायक कम्पनीहरुलाई विमानको बीचको सिट खाली राख्न निर्देशन दिएको छ । कोरोना भाइरस नियन्त्रण रोकथामको लागि भारतीय नागरिक उडड्यन महानिर्देशनालयले बीचको सिट खाली राख्न निर्देशन दिएको हो । 

साथै  महानिर्देशनालयले  हरेक विमानस्थलमा  दुई यात्रुबीच कम्तिमा १ मिटर दुरी कायम गर्न निर्देशन दिएको छ । भाइरसको संक्रमण बढ्न नदिन २ यात्रुबीच दुरी कायम गर्न यस्तो निर्देशन दिइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् 

भारतले भारत आउने सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाईसकेको भए पनि आन्तरिक् उडान भने जारि छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved