फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 03:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् ।  यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । 

प्राप्त समाचारअनुसार गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधकार र बिहीबार पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् । 

साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ । मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । 

उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् । 

साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ । फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ । साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved