भारत-चीन सीमा क्षेत्रमा झडप, ६३ सैनिकको मृत्यु भएको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 11:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत-चीन सीमा क्षेत्रमा झडप हुँदा दुवै तर्फ गरि ६३ सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनिया सैनिकहरूसँग सोमवार भएको भिडन्तको घटनामा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ भारतीय र चिनियाँ सैनिकहरूबीच गल्वान इलाकामा संघर्ष विराम भएको छ जहाँ दुवै पक्षबिच १५\१६ जुनको रातमा भिडन्त भएको थियो।

भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको सून्यभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।

मंगलवार केही अघि भारतले गल्वान क्षेत्रमा भएको भिडन्तमा सेनाका एकजना वरिष्ठ अधिकारी सहित तीनजना भारतीय सैनिकको ज्यान गएको पुष्टी गरेको थियो। यो सँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ। 

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तको घटनामा चिनियाँ सेना तर्फको हताहतिको बारेमा कुनै विवरण सार्वजनिक भएको छैन। भारतीय संचारमाध्यमहरुले भने सेना स्रोतलाई उधृत गर्दै चिनियाँ तर्फ ४३ सैनिकको मृत्यु भएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved