भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 01:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोनाभाइरसबाट दैनिक  संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् । 

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् ।  त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved