रुसको कोरोनाविरुद्दको खोपलाई अमेरिकाद्वारा मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 02:43:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ विरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप कोभिड विरुद्द प्रभावकारी हुने विश्वास व्यक्त गरेका हुन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा रुसी खोपबारे सकारात्मक धारणा राख्दै उनले कोरोनाविरुद्धको खोप तयार पार्ने रुस विश्वको पहिलो राष्ट्र हुने बताए ।  

‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ उनले भनेका छन्, ‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु ।’ 

समाचार संस्था एएनआईका अनुसार रुसले बनाएको खोपको परीक्षणमा अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूलाई खुसी लागेको ट्रम्पको भनाई छ । राष्ट्रपति ट्रम्पले अमेरिकमा पनि बैज्ञानिकले तीनओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved