भारतीय सेनामा नेपालीको भर्तिबारे चीनको चाँसो, अध्ययनका लागि आइएनजीओलाई पैसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 01:16:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरु भारतीय सेनामा किन भर्ति हुन्छन भन्ने बिषयमा चीनले चाँसो लिएको छ। बिशेषगरि नेपालीहरु गोर्खा आर्मीमा भर्ना किन हुन्छन भन्नेबारे चाँसो जनाउदै भर्ति हुनुको कारण अध्ययन गर्नका लागि चीनले नेपालका एनजीओलाई लगानी गरेको पाइएको छ। 

काठमाडौंमा रहेको नेपालको एउटा एनजीओलाई नेपालीहरु भारतको गोर्खा आर्मीमा भर्ना किन हुन्छन भन्नेबारे अध्ययन गर्न चीनले करिब १३ लाख रुपैयाँ दिएको काश्मिरबाट सम्प्रेषण हुने काश्मिर मोनिटरमा प्रकाशित रिपोर्टमा उल्लेख छ। 

रिपोर्टकाअनुसार गत गत बर्षको गत जुन महिनामा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले काठमाडौंको एनजीओ चाइना स्टडी सेन्टरलाई भारतको गोर्खा सैनिकमा नेपालीहरु भर्ति हुनु पछाडीको कारण अध्ययन गर्न पैसा दिएकी छन्। 

भारतीय सेनामा नेपालीहरु भर्ना हुनुका प्रमुख कारण पत्ता लगाउन उक्त रकम प्रदान गरिएको रिपोर्टमा उल्लेख छ। नेपालको कुन ठाउँबाट, कुन समुदायका, कति बर्षका युवाहरु भारतीय सेनामा किन भर्ति हुन्छन भन्नेबारे उक्त संस्थाले अध्ययन गरेर प्रतिबेदन बुझाउनुपर्नेछ। 

अध्ययनकाअनुसार २८ हजार नेपालीहरु भारतीय सेनामा छन्। भारतीय सेनामा रहेका नेपालीहरुलाई गोर्खा आर्मी भनिन्छ र गोर्खा आर्मीलाई ११ रेजेमीमा बाँडिएको छ। जसमध्ये भारतमा ७ वटा रेजेमी छन् भने भारत स्वतन्त्र हुँदा बेलायतमा गोर्खा आर्मीका ४ वटा रेजेमी पुगेका छन्।

भारतसँग १, ३, ४, ५, ८, ९, ११ गरि ७ वटा गोर्खा रेजेमी र बेलायतसंग २, ६, ७ र १० गरि ४ वटा रेजेमी छन्। सामान्यतया भारतीय सेनामा नेपालका खस क्षेत्री, गुरुङ, राई र लिम्बु गरि चार समुहका व्यक्तिहरु भर्ना हुन्छन।  

सन् १९४७ मा भारत, बेलायत र नेपालबीच भएको त्रिपक्षीय सम्झौता पश्चातनै नेपालीहरु भारतीय सेना अर्थात गोर्खा आर्मीमा भर्ना हुन थालेका हुन्। तर केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेपछि उक्त सम्झौता निरर्थक भएको भन्दै बेलायका पुर्व प्रधानमन्त्री थेरेसा मे संगको भेटमा यो बिषयमा छलफल गरेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved