फिलिपिन्समा ६.६ म्याग्नीच्यूडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 01:17:40 PM मा प्रकाशित

laxmi  sunrise bank

फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएको छ । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार मंगलबार गएको उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छ । 

भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको समचारमा उल्लेख छ ।

उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो ।  अन्तराष्ट्रिय सञ्चाम माध्यकहरुका अनुसार क्षतिको विवराण भने आउन बाँकी छ ।          

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved