डिसेम्बरबाट कोरोनाको खोप बजारमा, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 02:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बिरुद्दको खोप उत्पादन गरिरहेको एक चिनियाँ कम्पनीले आगामी डिसेम्बर महिना भित्र खोप बजारमा आउँने जनाएको छ। हाल खोपको तेस्रो चरणको परिक्षण भईरहेको र परिक्षण लगत्तै खोप बजारीकरणको कार्य सुरु हुने जनाईएको हो ।

चिनियाँ राष्ट्रिय फर्मासुटिकल्सका अध्यक्ष लिउ जिंगझेनले यसबारे जानकारी दिएको गुवाङमिङ डेलीले जनाएको छ । उनका अनुसार यो खोपको मूल्य धेरै महँगो हुने छैन । उनले खोप २ पटक दिंदा १ हजार युवान भन्दा कम अर्थात् १४४ डलर भन्दा कम लाग्ने बताएका हुन् ।

उनले चीनका सबैले खोप खोप लगाउनु नपर्ने भएपनि जनघनत्व बढी भएका शहरका बासिन्दाले यो खोप लगाउनु उपुक्त हुने बताए । उनले स्वास्थ्यकर्मी, र विद्यार्थीले यो खोप निशुल्क पाउँन सक्ने समेत बताएका छन् । अन्यले भने आफ्नै खर्चमा खोप लगाउनु पर्ने छ । कोरोना बिरुद्दको खोप पनि चीनको राष्ट्रिय खोप कार्यक्रममा समावेश भएको खण्डमा भने सबै चिनियाँले निशुल्क खोप पाउने बताईएको छ । चीनको राष्ट्रिय खोप कार्यक्रममा पोलियो, हेपटाइटिस लगायत विभिन्न १५ वटा रोग बिरुद्द १४ वटा खोप प्रदान गरिने उल्लेख छ ।   

चीनमा बनेको अन्य दुई खोपको पनि युएईमा तेस्रो चरणको परिक्षण भईरहेको ग्लोबल टाइम्सले जनाएको छ ।  चिनियाँ राष्ट्रिय फर्मासुटिकल्सका अध्यक्ष लिउ स्वयंले समेत यो खोप लगाएको र कुनै खराब असर नदेखिएको बताएका छन् ।  

ग्लोबल टाइम्सका अनुसार बेइजिंगमा रहेको एउटा कम्पनीसँग वार्षिक १२ करोड मात्र खोप उत्पादन गर्न सक्ने क्षमता छ ।  त्यस कम्पनीले सुरक्षा निरीक्षण समेत गराईसकेको छ ।  त्यस्तै उहानमा रहेको अर्को कम्पनीसंग वार्षिक १० करोड मात्र खोप उत्पादन गर्न सक्ने क्षमता छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved