शेयरबजारको 'इन्साईडर ट्रेडिङ' रोक्न भारतमा 'फोन ट्यापीङ'को प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 11:16:34 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयरबजारको नियामकीय निकायले शेयरबजारमा हुने 'इन्साईडर ट्रेडिङ' रोक्नको लागि फोन ट्यापीङको प्रस्ताव गरेको छ। सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले बजारमा भित्रि सूचनाको आधारमा हुने 'इन्साईडर ट्रेडिङ' रोक्नको लागि फोन ट्यापीङको प्रस्ताव गरेको हो 

फोन ट्यापीङ भनेको कुनै पनि व्यक्तिले गरेको कुराकानी गोप्य रुपमा अरुले सुन्न सक्ने प्रविधि हो । यस हकमा नियामक सेबीले फोन ट्यापीङको अनुमति पाए 'इन्साईडर ट्रेडिङ' गर्नेको पहिचान गर्न सजिलो हुने, छानविनमा  सहयोग हुने,  र उनीहरुलाई कारवाही गर्न सक्ने भन्दै यसको अनुमति माग गरेको हो 

तर भारतीय सरकारले भने सेबीको प्रस्ताव अस्विकार गरेको छ । भारत सरकारले भने फोन ट्यापीङको अनुमति राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने देखिएमा, आतंकवादको शंका लागेमा, र सम्पत्ति सुद्धिकरणको मामिलामा मात्र प्रदान गर्न सकिने भन्दै सेबीको प्रस्ताव अस्विकार गरेको हो । साथै भारत सरकारले सेबीले यस सम्बन्धी अधिकार दिएमा अन्य नियामक निकायले पनि माग गर्ने अवस्था आउन सक्ने भएकोले अधिकार दिन नसकिने बताएको हो । 

सेबीले भने अमेरिकाको शेयरबजारको नियामकीय 'युएस सेक्युरिटी एक्सचेन्ज कमिशन' लाई फोन ट्यापीङको अधिकार भएकोले आफुले पनि सोहि अनुसार माग गरेको जनाएको हो । 

हाल सेबीले  'इन्साईडर ट्रेडिङ' गर्नेलाई कारवाही गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ। सेबीले भने कारवाही गर्नको लागि प्रमाण आवश्यक पर्ने र हाल 'इन्साईडर ट्रेडिङ' गर्नेले  इलेक्ट्रोनिक माध्यम प्रयोग गर्ने भएकोले प्रमाण पुर्याउन  कठिन भएको  बताउदै आएको छ ।  

यद्यपि हाल पनि सेबीलाई फोन कलको रेकर्ड माग गर्न र कुन कुन नम्बरमा कुन कुन नम्बरबाट कुरा भएको छ र कति मिनेटसम्म कुराकानी भएको छ भन्ने जानकारी माग गर्न सक्ने अधिकार छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved