कोरोनाको नाममा राजनीति भएको भन्दै सरकारविरुद्ध विशाल जनप्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 12:21:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको नाममा राजनीति भएको भन्दै जर्मनीको बर्लिन र बेलायतको लन्डनमा सरकार बिरुद्द बिशाल जनप्रदर्शन भएको छ। कोरोनाको नियन्त्रणका लागि लकडाउन गर्ने नागरिकलाई थुन्ने काम भएको भन्दै  बर्लिन र लण्डनमा विशाल जनप्रदर्शन भएको हो। 

कोरोना नियन्त्रण गर्ने नाममा गरिएको लकडाउनले  नागरिकको स्वतन्त्रता हनन गरेको भन्दै प्रदर्शनकारीहरुले स्वतन्त्रताको आवाज उठाएका छन्। सरकारको बिरोध गर्दै हजारौं नागरिक सडकमा उत्रिएका छन।  

सरकारले कोरोनाबारे डर देखाएर गलत सूचना दिएको उनीहरुको आरोप छ। कोरोनाका कारण आउदो हिउँदसम्म ८५ हजारको मृत्यु हुने भनेर सरकारले झुटो रिर्पोट सार्वजनिक गरेको प्रदर्शनकारीको आरोप छ। 

प्रदर्शनको सुरुवातमा र्याली शान्तिपूर्ण रहेपनि पछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले लेखेका छन्। प्रदर्शन गरिरहेका स्वतन्त्र नागरिकको समूहलाई प्रहरीले तितरबितर पारेको छ। 

प्रदर्शनका लागि सडकमा १८ हजार बढीको उपस्तिथी रहेको समचारमा उल्लेख छ। स्टटगार्ट आधारित आंदोलनको यस अभियानलाई लेटर थिन्किंग ७११ समेत भनिन्छ। यस अभियानका लागि फेसबुक मार्फत करिब १६ हजार बढी नागरिक जोडिएका छन्। फेसबुक लगायतका सामाजिक संजालको माध्यमबाट एक ठाउँ भेला भएर प्रदर्शनकारीहरुले सरकार बिरुद्ध आन्दोलन थालेका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved