अमेरिकाले भन्यो, 'परिक्षण अगावै कोरोनाको खोप प्रयोग गर्न अनुमती दिन सक्छौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 12:36:54 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले अन्तिम चरणको क्लिनिकल ट्र्याल पुरा हुनु पुर्वनै कोभिड १९ बिरुद्दको खोपलाई मन्जुरी दिन आफु तयार रहेको धारणा सार्वजनिक गरेको छ। अमेरिकाका फुड एण्ड ड्रग एड्मिनिस्टे्रसन का सिनियर सिनियर डाक्टरले यस्तो धारणा व्यक्त गरेका हुन्। 

फ़ाइनान्सियल टाइम न्युजपेपर लाई दिएको एक अन्तर्वार्तामा स्टीफन हैनले खोपको खतरा भन्दा लाभ धेरै पाइएमा त्यसलाई क्लिनिकल ट्रायल भन्दा पहिल्यै प्रयोगका लागि अनुमति दिन सकिने बताएका छन्। 

स्वास्थ्य सेवासँग सम्बन्धित उच्च अधिकारीहरुले खोपको खतरा भन्दा फाइदा बढी हुने भनेर सिफारिस गरेको अवस्थामा क्लिनिकल ट्र्याल भन्दा पहिले नै कोरोना बिरुद्दको खोपको रुपमा प्रयोग गर्नलाई अनुमती दिईने हैनले बताएका छन्। 

हामि उनीहरु खोप निर्माता कम्पनी को आबेदनमाथि छलफल गरिरहेका छौं, यदि त्यो तेस्रो चरण सकिन पुर्व नै हानी भन्दा फाइदा हुने प्रमाणित हुन्छ भने अनुमति दिन सकिन्छ स्टीफनले बताए। 

उनले उक्त पत्रिकालाई एफडीए को ु आपतकालीन प्रयोगको लागि दिईने अनुमति दिनुको अर्थ खोप प्रयोगलाई पूर्ण रुपमा अनुमति नभएको बताएका छन्।  तेस्रो चरणको क्लिनिकल ट्रयालमा हजारौं मानिसहरुलाई सहभागी गराइन्छ र यो कयौं बर्षसम्म पनि चल्न सक्छ। नेपालमा पनि चीन, रुस र अमेरिका लगायतका देशहरुमा बनेको कोरोना बिरुद्दको खोपको क्लिनकल ट्रयाल भइरहेको बताइएको छ। 


: 'कोरोनाको स्थिति भयावह छ, इटाली जस्तो नहोला भन्न सकिन्न' डा. दवाडीको अन्तर्वार्ता



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved